पुरन रौनियार
जनकपुरधाम, माघ ४ : सत्ता पक्ष र प्रतिपक्ष बिच कुनै पनि मुद्दामा एकैसाथ नारावाजी त्यो पनि संसदमा विरलै सुन्न पाइन्छ । तर सोमवार एक घटनाले मधेश प्रदेशको प्रदेशसभामा त्यस्तै दृश्य देख्न पाइयो । ‘मधेश’ जस्ले सत्ता र प्रतिपक्षलाई जोडने काम मात्र गरेन मिलेर एकसाथ खुसीहाली र संसद भित्रै जयकार लगाउन बाध्य बनायो । कारण थियो प्रदेशको नाम मधेश ९९ मध्ये ८० मतको अप्रत्याशित मतका साथ पारित हुनु ।
हेर्नोस त्यो क्षण
६४ मत मात्र देखिएको पक्षमा सभामुख सरोज कुमार यादवले ८० मत परेको घोषणा गरे लगतै मधेश आन्दोलनका सिपाहीद्वय सत्ता प्रमुख मुख्यमन्त्री लालबाबु राउत र प्रतिपक्षी प्रमुख जितेन्द्र सोनलको खुसीको सिमान रहेन । कुर्सी अगाडि रहेको प्लाईको टेबुल घन्किने गरि दुवैजनाले पृथक बलले ढयाप ढयाप मात्र गरेन दुवै हात उठाएर एक साथ जय मधेशको नारा समेत घन्काए । दुवैजनाको एक्सप्रेशन कुनै पनि हिसावले सत्ता र विपक्षको जस्तो देखिएन ।
दशकौ दशक देखिको मधेश प्राप्तीको त्यो सपना साकार भएको त्यो क्षण वास्तवमै अप्रत्याशित थियो । १६ जना फरक प्रस्ताव पक्षधर सांसदहरुले मधेशको पक्षमा गरेको योगदानको सम्मानमा पनि राउत र सोनलको त्यो नारा थियो । यस्को मतलव कांग्रेस, नेकपा एस र एमाले भित्र पनि मधेशको आगो दन्कीरहेको प्रमाणीत गरेको छ । नाम उल्लेख नगर्ने सर्तमा मधेशको पक्षमा मतदान गरेका कांग्रेस र नेकपा एसका सांसद भन्छन, ‘मधेश आन्दोलनमा आफुहरुले देखाएको माया र समर्थनलाई हामी संस्थागत गर्न एक प्रयास मात्र गरेका हौं ।’ किन नगर्ने ? अर्को सांसदले भने, ‘हामी हाम्रो पार्टी भित्र पनि त मधेशी कोटामै सिमित छौं नि ।’
उनीहरुको मधेश प्रतिको त्यो सम्र्पण साँचीकै मधेशको उज्जल भविष्यको संकेत गरिरहेको थियो । के आठ जिल्ला मात्र मधेश हो त ? भन्ने प्रश्नहरु पनि सवत्र नभएका होइनन । तर व्यक्ति मात्र होइन कुनै पनि चिज र बस्तुको समेत मुख्य पहिचान उस्को नामै हुने गरेकाले प्रदेशले सबैको चिन्तन र उच्चारणमा प्रयोग हुने मधेश नाम पाउनु गौरवको विषय रहेको सांसदहरु बताउछन् । मधेशका लागि १६ मतको क्रसिङ्गले अन्य प्रदेश र हरेक दललाई समेत झस्काएको छ ।
आफनो समाज र क्षेत्रका लागि ति १६ सांसदले गरेको हिम्मत सम्मानजनक रहेको यस्ले मधेशको एकतालाई प्रगाढ बनाएको कतिपयको दावी छ । मिथिला र जानकी नाममा समेत व्यापक जनमानस रहेपनि अहिलेको प्रदेश सहित सिमांकृत समुदायको मुख्य पहिचानको रुपमा विगत ३० वर्ष देखि चर्चा र अभियानको रुपमा रहेको ‘मधेश’ नामको रुपमा पाउनु ठुलो सफलता रहेको जसपा र लोसपाका नेताहरुको तर्क छ ।