एसपी रिपोर्टर
जनकपुरधाम, माघ ३ : प्रदेश २ ले ‘मधेश’ नाम पाएको छ । प्रदेश २ प्रदेशसभाको सोमवार बसेको आठौ अधिवेशनको आठौं बैठकमा सभाको कुल १ सय ४ सांसद मध्ये उपस्थित ९९ जनाबाट मधेशको पक्षमा ८० जनाले मतदान गरि दुई तिहाई भन्दा बढी मतले मधेश प्रदेश पारित भएको छ ।
मधेश आन्दोलन र जनविद्रोह, मधेशी शहिदको सपना क्षेत्रफलमा नभएपनि नाम र पहिचानको हिसावले आज सार्थक भएको हो । नेपाली कांग्रेस, नैकपा एस र एमालेका पनि सांसदहरु पनि मधेशको मर्मलाई बुझेर मधेशको पक्षमा सहमत भएपछि मधेश प्रदेश सार्थक र सफल भएको हो ।
मधेश प्रदेश पारित भएसंगै वाँकी तिन प्रस्तावहरु स्वतः खारेज भएको सभामुख सरोज कुमार यादवले घोषणा गरेका छन् । प्रदेशसभाको बैठक अर्को सुचना नआउन्जेल सम्मका लागि स्थगित भएको छ ।