एसपी रिपोर्टर
जनकपुरधाम, माघ ३ : प्रदेश २ को राजधानी जनकपुरधाम सहित वृहत धनुषा क्षेत्र कायम भएको छ । प्रदेशसभाको आठौं अधिवेशनको आठौं बैठकबाट धनुषाको सदरमुकाम धार्मिक पवित्र भुमि जनकपुरधाम स्थाई राजधानी भएको छ ।
प्रदेशसभाको सोमवारको बैठकमा उपस्थित १ सय ४ मध्ये ९९ जना सांसदमा जनकपुरधामको पक्षमा ७८ जनाले मतदान गरेका छन भने पर्साको बिरगंजको पक्षमा २१ जना सांसदले मतदान गरेका छन् । जनकपुरधाम सहित उतरमा ढल्केवरको लोकराजमार्ग भन्दा दक्षिण, पुर्वमा कमला नदी, पश्चिममा मिथिला माध्यमिकी परिक्रमा क्षेत्र र दक्षिणमा नेपाल भारतको दशगजा सिमाना सम्म राजधानीको सिमा कायम भएको छ ।
प्रदेशसभा बैठक एक घण्टाका लागि स्थागित भएको छ । आजै नामाकरण सम्बन्धि प्रस्तावमा समेत मत विभाजन गरिने प्रदेशसभा सचिवालयको तयारी छ । नाम तर्फ चारवटा प्रस्ताव मधेश, जानकी, मध्य मेधश र मिथिला भोजपुरा प्रस्तावित छ ।