एसपी रिपोर्टर
जनकपुरधाम, माघ २ : जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश विद्रोहकै कारण नेपालको राजनितिक प्रणाली र राजनितिक व्यवस्थालाई परिवर्तण गर्न सफल भएको बताए । धनुषाको मुखियापट्टी मुसरनिया गाँउपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै पुर्व उपप्रधानमन्त्री समेत रहेका यादवले मधेश विद्रोहका कारण नेपालमा शासक मात्र नभई नेपालको राजनितिक प्रणाली र राजनितिक व्यवस्थालाई परिवर्तण गर्न सफल भएको बताए ।
उनले मधेश आन्दोलनकै कारण आज जनप्रतिनिधीहरुमा महिला, मुस्लिम र पिछडिएका वर्ग समुदायको उपस्थिती रहेको बताए । कार्यक्रममा संघिय भौतीक पुर्वाधार तथा यातायात्र मन्त्री रेणु कुमारी यादवले हक अधिकार प्राप्तीका लागि जसपा अध्यक्ष उपेन्द्र यादवले देखाएको बाटोकै कारण मुख्यमन्त्री देखि मन्त्रीमा आफनो मधेशका मान्छे आज परिणाम देख्न पाइएको बताए ।
मुख्यमन्त्री लालबाबु राउतले १५ वर्ष पछि प्रदेश २ को डिआइजी, एसपी देखि शासक प्रशासकमा मधेशको महिलाको उपस्थिती हुने निश्चित रहेको बताउदै हतार नगर्न आग्रह गरेका थिए । कोरोना भाइरस संक्रमण दर उच्च र तिव्रगतीले अगाडि बढिरहेको अवस्थामा जसपाले गरेको पार्टी प्रवेशको कार्यक्रमको आलोचना भने भइरहेको छ ।