एसपी रिपोर्टर
जनकपुरधाम, माघ २ : जनकपुरधाम उद्योग बाणिज्य संघले जनकपुरधाम राजधानी तोक्ने सवालमा कुनै पनि राजनिति र विलम्व नगर्न नेताहरुलाई ज्ञापन पत्र बुझाएको छ । संघका अध्यक्ष जितेन्द्र महासेठ नेतृत्वमा एक टोलीले प्रदेश २ का राजनितिक दलका नेताहरुलाई ज्ञापन पत्र बुझाउदै सोमबार हुन लागेको मतदानबाट अस्थाई रहेको जनकपुरधामलाई स्थाई राजधानी बनाई बिम्लव नगर्न आग्रह गरेका छन् ।

संघको विज्ञप्तीमा स्पष्ट रुपमा प्रदेश २ को नाम मधेश राख्न आग्रह गरेको शब्द नदेखिएपनि मधेश आन्दोलन, मधेशी सहिद र जनताको सपना मधेश प्रदेशलाई दर्शाइएकाले समेत यि तर्कहरुले संघले प्रदेश २ को नाम पनि मधेशनै राख्नु पर्ने मांग गरेको देखिन्छ ।

टोलीले जसपाका नेता तथा मुख्यमन्त्री लालबाबु राउत, सभामुख सरोज कुमार यादव, लोसपाका नेता जितेन्द्र सोनल, कांग्रेसका नेता रामसरोज यादव, नेकपा एसका नेता सत्रुधन महतो, माओवादी केन्द्रका नेता भरत साह र एमालेका नेता सत्यनारायण मण्डललाई ज्ञापत्र पत्र बुझाएको छ । टोलीमा संघको वरिष्ठ उपाध्यक्ष मिनष रमण साह, महासचिव मनोज कुमार साह, सचिव फुलदेव पण्डित, कोषाध्यक्ष सहितका पदाधिकारी र सदस्यहरुको सहभागिता थियो ।

