एसपी रिपोर्टर
जनकपुरधाम, पुष २८ : नेपाल रेल्वेले लोकसेवाको परिक्षा होइन अबैधानिक रुपमा आफना आसेपासे ५५ जनालाई तालिम मात्र दिइरहेको थियो । तर सो तालिम कुन आधारमा दिइदैछ भन्ने समाचार संकलनका लागि तालिम स्थल पुगेका कान्तिपुर टेलिभिजनका जनकपुरधाम संवाददाता अमरकान्त ठाकुरलाई अवरोध मात्र गरिएन धक्का दिएर बाहिर गरिएको तस्वीर र दृश्य प्रयाप्त छ ।
त्यसपछि जनकपुरधामका सक्रिय पत्रकारहरुको समुह घटना स्थल पुग्यो । हो हल्ला र विरोधका नारावाजी हुँदा बल्ल नेपाल रेल्वेका महाप्रबन्धक निरञ्जन झा बाहिरए । उनले तालिममा पत्रकार किन चाहियो ? सम्मको दबंगगिरी किशिमको बक्तब्य दिइरहेको सुनिन्छ । मैले दुईवटा कोठा मात्र भाँडामा लिएको छु, उनले भनेका छन्, ‘यो पुरै परिषर किन बन्द र थुनिएको छ मलाई थाहा भएन ।’ मनोबिज्ञान बुझने हो भने उनको बोल्ने शैलीले नै उनको गोप्य कामको पर्दाफास गरिरहेको छ ।
तालिममा सुरक्षाकर्मीको आवयश्कता किन परयो ? पत्रकारहरुको प्रश्न थियो । कुन तालिम हो जस्मा हामी फोटो र दृश्य समेत लिन नपाउने ? उनीहरुको प्रश्न थियो । एसपी खवरसंगको कुराकानीमा पिडित पत्रकार ठाकुरले पछि जिएम झाले माफी मागेको र पत्रकारहरु विरोधमा उत्रिदा नेपाल रेल्वे सञ्चालननै धरापमा पर्न सक्ने भन्दै पत्रकारका अगुवाहरुले आफुलाई चित बुझाउन भनेपछि आफु पछि हटेको बताए ।
शकांको प्रयाप्त ठाँउ छ । नेपाल रेल्वे सञ्चालनको नाउमा महाप्रबन्ध झा विभिन्न दाउ मिलाएर बिना सार्वजानिक सुचना आफनै मनले ५५ जनालाई तालिम दिइरहेको छ । जनकपुरधाम, धनुषा, प्रदेश २ र देशलाई नेपाल रेल्वे सञ्चालन हुनुनै सबैथोक हो कि विधि पक्रिया, कानुनका आधारमा प्राविधिक तयारी पुरा गरि रेल चल्नु मांग हो ? त्यसको पक्ष र विपक्ष भने हेर्न वाँकी छ ।