एसपी रिपोर्टर
जनकपुरधाम, पुष २८ : प्रदेश २ सहित धनुषामा समेत कोभिड १९ का विरामीहरु बढन थालेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले समेत कोभिड १९ सम्बन्धमा विभिन्न निर्देशन जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले बुधवार राती १२ बजे देखि नै लागु हुने गरि विभिन्न आदेश जारी गरेको छ ।
समाजिक, राजनितिक सहितका सार्वजानिक कार्यक्रमहरु गर्दा नेपाल सरकारको कोभिड १९ सुरक्षा सम्बन्धी सम्पुर्ण मापदण्डको पालना, २५ जना भन्दा कमकोे सहभागिता, खोप लगाएकाहरुले खोप कार्ड नभए खोप कार्डको तस्वीर भएपनि साथमा राख्नु पर्ने सहितका तल उल्लेखित १३ बुँदे आदेश धनुषा प्रशासनले जारी गरेको छ । हेर्नोस तस्वीर :