एसपी रिपोर्टर
जनकपुरधाम, पुष २४ : रौनियार समुदायको संस्था रौनियार सेवा समिति जनकपुरधामको अध्यक्षमा रामप्रताप साह रौनियार निवार्चित भएका छन् । शनिवार समितिको ९ औं साधारणसभाबाट रामप्रताप सर्वसम्मत अध्यक्ष चयन भएका हुन । उनी जनकपुरधाम स्थित गुप्ता ज्वेलर्स जानकी चौकका सञ्चालक हुन ।
त्यसै गरि नव निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा राधेश्याम गुप्ता, उपाध्यक्षमा प्रमोद कुमार गुप्ता (बैदेही अफसेट प्रिन्टर्स), महासचिवमा रामबाबु गुप्ता (संजय बस्त्रालय), सचिवमा उमाशंकर साह (पप्पु पुस्तक) र कोषाध्यक्षमा ई.बैद्यनाथ प्रसाद साह निर्वाचित भएका हुन ।
त्यसै गरि नवनिर्वाचित १५ सदस्सीय कार्यसमितिको सदस्यहरुमा रामकुमार गुप्ता, मनमोहन साह, दिलिप प्रसाद साह, अनिल कुमार साह, रामेश्वर प्रसाद साह, रामजिवन गुप्ता रौनियार, सत्यनारायण साह, चन्द्रदिप प्रसाद गुप्ता र शशि कुमार गुप्ता निर्वाचित भएको निर्वाचन समितिका संयोजक तथा नेपाल रौनियार महासंघका महासचिव श्रवण प्रसाद साहले बताएका छन् ।
नि–वर्तमान अध्यक्ष भएका अरुण कुमार गुप्ता (अम्बिका प्रेस)ले निर्वाचित सबैलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । साधारणसभाको समुदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै समितिका अगुवाहरु शिवनाथ प्रसाद साह, ई.चन्देश्वर प्रसाद रौनियार, लालबाबु गुप्ता सहितका वक्ताहरुले रौनियार समुदाय व्यवसायिक तथा आर्थिक रुपमा सवल र सक्षम रहेकाले रचनात्मक कार्यहरुमा अग्रसर हुन पर्ने बताएका थिए ।