एसपी रिपोर्टर
जनकपुरधाम, पुष २३ : जनकपुरधामको रामचौक स्थित श्री गणेश युवा कमिटीले आफनौ २३ औं वार्षिकोत्सव सप्ताहव्यापी रुपमा मनाइरहेको छ । कमिटीले सप्ताहव्यापी कार्यक्रमलाई श्री गणपति सप्ताह २०७८ का रुपमा मनाइरहेको छ । सप्ताहको पहिलो दिन कमिटिले १ सय ५० जना आवयश्कता रहेका जाडो प्रभावितलाई न्यानो कम्वल वितरण गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख, कमिटीका वरिष्ठ निर्देशक शिवशंकर साह हिरा सहितको हातबाट कम्वल वितरण गरिएको छ । कमिटीका अध्यक्ष सन्तोष महतोले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सातै दिन विभिन्न समाजिक कार्यक्रम गरि २३ औं वार्षिकोत्सव मनाइने छ ।

दोस्रो दिन शनिवार धनुषाको मिथिला विहारी नगरपालिकाको तारापट्टी स्थित हेल्थपोष्टमा वृहत निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको महासचिव बलराम कुमार साहले बताए । तेस्रो दिन आइतवार कबिर बालआश्रममा राहत वितरण, सोमवार जानकी बृद्वाश्रममा खाद्यान्न समाग्री वितरण, मंगलवार स्व. पत्रकार उमा सिंहको स्मृतीमा रक्तदान तथा धनुषाकी महिला पत्रकार तथा सञ्चारकर्मीहरुलाई सम्मान, बुधवार जेमिरीया देवी धर्मशालामा राहत समाग्री वितरण र अन्तिम दिन शुक्रवार सम्मान तथा समापन समारोहको आयोजना गरिने पुर्व अध्यक्ष सन्तोष कुमार साहले बताए ।
शुक्रवारको कार्यक्रममा कमिटीका पुर्व अध्यक्ष सुरेन्द्र भण्डारी, जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ का अध्यक्ष शिवकुमार साह, नागरिक अगुवा अमर चन्द्र अनिल सहित कमिटीका पुर्व अध्यक्षहरु, पदाधिकारीहरु सहितको उपस्थिती थियो ।