एसपी रिपोर्टर
जनकपुरधाम, पुष २१ : नेपाली कांग्रेस धनुषाको सभापतीमा क्षिरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियार ‘जोगी’ले उम्मेदवारी घोषणा गरेका छन् । जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरि जोगीले बिमलेन्द्र निधी समुहको तर्फबाट जिल्ला सभापतीमा उम्मेदवारी घोषणा गरेका हुन ।
पत्रकार सम्मेलनमा उपस्थित प्रदेश २ संसदिय दलका नेता तथा प्रदेश २ सरकारका भौतीक पुर्वाधार विकास मन्त्री रामसरोज यादवले पजियारको नाम प्रस्ताव गरेका थिए भने वर्तमान धनुषा सभापती महेशशंकर गिरीले यादवको प्रस्तावलाई समर्थन गरेका थिए । उम्मेदवार पजियारले आफु तिन वा चारजनै उम्मेदवार भएपनि पहिलो चरणमै जत्ने दावी गरेका छन् ।
प्रदेश २ को अधिवेशनमा सरकार र सत्ताको दम्भ र धाकधम्कीहरु आएको दावी गर्दै पजियारले जिल्ला अधिवेशनमा त्यो नचल्ने र त्यसको जवाफ दिनुपर्ने बताए । पजियारका प्रस्तावक प्रदेश मन्त्री यादवले पजियारको नेतृत्वमा धनुषामा कांग्रेस एक हुने दावी गर्दै सबैले कुशल नेतृत्व ल्याउन मद्दत गर्नुपर्ने बताए । वर्तमान जिल्ला सभापती गिरीले पजियार कुशल नेतृत्व दिन सक्ने भएकाले आफनो भरपुर समर्थन रहने बताए ।
प्रदेश २ को पहिलो अधिवेशन सम्पन्न भएसंगै देशमा अधिवेशन हुन वाँकी १६ जिल्लाको अधिवेशनको रंग चढेको छ । वाकी रहेको १६ जिल्लामा प्रदेश २ कै सवै आठवटै जिल्लामा अधिवेशन वाँकी छ । यस अघि पुष २७ गते तय भएको जिल्ला अधिवेशन अव माघ १५ गते हुने बुधवार कांग्रेस केन्द्रिय कार्यालयले सर्कुलेशन जारी गरेको छ ।
जिल्ला अधिवेशन प्रदेश २ अधिवेशन भन्दा पनि भब्य हुने देखिन्छ । प्रदेश अधिवेशनमा करिव २ हजार मतदाता थिए भने जिल्ला अधिवेशनमा करिव ४ हजार मतदाता रहने भएकाले समेत जिल्ला अधिवेशन झनै भब्य हुने देखिन्छ । धनुषा सभापतीमा संस्थापन पक्षबाट वर्तमान उपसभापती सन्तोष यादव, पुर्व सांसद दिनेश प्रसैला यादव र वर्तमान सचिज बिशेश्वर यादव समेत आकांक्षी छन् ।