एसपी रिपोर्टर
जनकपुरधाम, पुष २० : जनमत पार्टीले धनुषामा भएको ट्रक आगजनी घटनाको भत्र्सना गरेको छ । पार्टीका धनुषा सचिव विजय साहले जारी गरेको प्रेस विज्ञप्तीमा सोमवार धनुषाको गणेशमान चारनाथ नगरपालिकाको वडा नं. १ छघरियामा ट्रकमा भएको आगजनीको घटनामा आफुहरुको नाम जोडिएको प्रति आपती समेत जनाएको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘यस्ता घटनामा हाम्रो कुनै पनि कार्यक्रताको सहभागिता छैन, घुसपैठियाहरुले घटना गराएर जनमत पार्टीलाई बदनाम गर्ने र किसान आन्दोलनलाई दबाउने षडयन्त्र गरेको हाम्रो ठहर छ ।’ किसान आन्दोलन शान्तिपुर्ण र निरन्तर जारी रहने समेत बताइएको छ ।