एसपी रिपोर्टर
जनकपुरधाम, पुष २० : राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले राजसंस्था हटेको १५ वर्ष बित्न लाग्दा पनि राजारानीले विदेशमा राखेको भनेको पैसा खोज्न सक्ने गणतन्त्रबादीहरुले राजा महङ्गो कि राष्ट्रपती भन्ने हिसाव दिनुपर्ने बेला आएको बताएका छन् । जनकपुरधाममा राप्रपाले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्गदेनले राजसंस्था हटेपछि राजपरिवारले विदेशमा राखेको सम्पती छानविन गर्न कृष्ण सिटौलाको संयोकत्वमा बनेको छानबिन समितिले कहाँ छ प्रश्न गरेका छन् ।
राजा सेतो हाती हो उनको सम्पती मात्र खोस्ने हो भने हरेक नेपालीलाई चार/चार बिघघा जग्गा र पाँच तोला सुन पाउने हल्ला गरेकाहरु कति यो १५ वर्षमा कति सम्पती खोज्यो ? प्रश्न गर्दै लिङ्गदेनले देशमा आएका नयाँ राजाहरु देश लुटेर खादै गरेको प्रमाणीत भएको दावी गरेका छन् । उनले जुन पार्टीबाट राष्ट्रपती बनेको हुन्छ त्यसै पार्टीका नेता जस्तो काम गर्ने राष्ट्रपती भन्दा सबै जनताका लागि काम गरे साँझा राजा नै उतम प्रमाणित भएको समेत बताए ।
सभामा बोल्दै वरिष्ठ नेता प्रकाशचन्द्र लोहनीले राजतन्त्रको पालमा देशमा स्थापित उद्योग र त्यसले जनतामा पुरयाएको लाभलाई स्मरण गराउदै गणतन्त्रबादी राजाहरुले उद्योग बिनाश गरि जनतालाई विदेशमा कामदारका रुपमा पठाउने काम मात्र गरेको बताए । अध्यक्ष लिङ्गदेन सहित नेताहरु जनकपुरधाम स्थित श्री जानकी मन्दिरमा दर्शन र पुजापाठ गर्नुका सथै मन्दिरबाट सभा स्थल रेल्वे स्टेशन सम्म पार्टीको रयाली सहित पुगेका थिए । राप्रपाको सभामा जनसहभागितामा वृद्विभएको समेत देखिएको छ ।
कार्यक्रममा नेताहरु कृष्ण प्रताप मल्ल, मनोज ठकुरी मल्ल, धनुषा अध्यक्ष रामचन्द्र यादव, कमलेश मण्डल सहितका केन्द्रिय, प्रदेश र जिल्ला तहका नेताहरुको उपस्थिती थियो ।