एसपी रिपोर्टर
काठमाण्डौं, पुष १९ : नागरिक उन्मुक्ति पार्टी दर्ताका लागि रेशम चौधरीका समर्थकहरु निर्वाचन आयोगमा पुगेका छन् । सो पार्टीका नेता–कार्यकर्ताहरु चौधरीका तस्वीर अंकित प्लेकार्ड र ब्यानर बोकेर दल दर्ताको निवेदन दिन निर्वाचन आयोगको कार्यालयमा पुगेका हुन् ।
उनीहरु काठमाडौंको भृकुटीमण्डपबाट बाजागाजा र झाँकीसहित आयोगको कार्यालय कान्तिपथ पुगेका छन् । ¥यालीमा चौधरीकी श्रीमती समेत छिन् ।