एसपी रिपोर्टर
जनकपुरधाम, पुष १८ : धनुषाको पोर्ताहामा प्रहरीले गोली चलाउदा पाँचजना प्रर्दशनकारी सहित छ जना घाइते भएका छन् । किसान आन्दोलन अन्तर्गत जनमत पार्टीले गरिरहेको अनिश्चतकालिन राजमार्ग घेराउ कार्यक्रमको क्रममा धनुषाको पोर्ताहामा प्रहरीले अचानक धमाधम गोली चलाउन थालेपछि पाँच जना घाइते घाइते भएको जनमत पार्टीका नेता संजय कुमार साहले बताएका छन् ।
हामी राजमार्ग अवरोध गर्न पोर्ताहा चौकमा थियौं, साहले भने, ‘बिरेन्द्र बजार स्थित ईलाका प्रहरी कार्यालयको प्रहरी निरिक्षक कमान्डको टोली धमाधम गोली प्रहार गरेपछि पाँचजना साथी घाइते भएका छौं ।’ दुईजनाको गम्भिर रहेको जानकारी गराउदै उनले आफनो खुट्टामा समेत छर्ररा लागेकाले घाइते सहित प्रादेशिक अस्पताल जाने क्रममा रहेको उनले बताए । प्रहरीले अचानक २५ शेल आँश्रुग्यास र प्लाष्टिकका गोली चलाउन थाल्यो हामी अच्चममा परयौं उनले भने, ‘एकजना प्रहरीले बुलेट नै चलायो तर बन्दुक बिग्रेकाले उनको आफनै मुखमा चोट लागेको छ ।’
प्राप्त जानकारी अनुसार गोलि लागि घाईते हुनेहरुमा नथुनी यादव, विजय यादव, रामदयाल मुखिया, बैजनाथ यादव र संजय साह छन् । टाउकोमा गोलि लागेका वैजनाथ र नथुनीको अवस्था गन्भिर रहेको जनमत पार्टीका एक नेताले बताए ।