पुरन रौनियार
जनकपुरधाम, पुष १७ : म खुसी यस मानेमा छुइन कि, २०१६ सालमा स्थापित म पढेको मेरो स्कुल ‘श्री फकिरचन्द गामी मावि बरकुर्वा’ स्थापना र उमेरको हिसावले मात्र बुढो हुनुपर्नेमा हरेक हिसावले बुढेसकाल लागेको जस्तो देखिन्छ । जति पुरानो कारखाना त्यती नै गुणस्तरीय र विश्वसनिय उत्पादन हुनुपर्नेमा स्थापनाकालको बाल्यकाल र जवानीमा एकसे एक हस्ती जन्माएका मेरो स्कुल बुढेसकाल संगै विभिन्न रोगले ग्रसित देखिरहेको छु ।
शुक्रवार पुष १६ अर्थात प्रत्येक वर्ष जस्तै ईस्वी संवत वर्षको अन्तिम दिन मावि बरकुर्वाको बार्षिकोत्सव समारोह । २०५८ सालमा एसएलसी उर्तिण गरि छुटिएको थिए गत २० वर्षमा मलाई लाग्छ औपचारिक कार्यक्रममा हिजो दोस्रो पटक पुगे । एसएलसी पछिको बाहिरको बसाई, अध्यन्न र त्यसपछिको सक्रिय पेशागत, पारिवारिक व्यस्तता र दौडधुपमा एति व्यस्त भए कि आफै पढेको, ज्ञान र शिक्षा आर्जन गरेको मन्दिररुपी स्कुलमा पुग्न समेत दशकौं लगाएको रहेछु भनेर हिजो मात्र महशुस भयो ।

वर्तमान प्र.अ. बैजु कुमार साहले तपाँईहरु पुर्व विद्यार्थी, आ–आफनो पेशामा सफल मान्छेहरु कम्तीमा वार्षिकोत्सवमा त आइदिनोस भने पछि जानै पर्छ भनेर समय निकालेर पुगे । ६२ औं बार्षिकोत्सव समारोह, कस्तो उत्साह र उमंग अनि भब्या होला भनेर पुगेको थिए दृश्य र अवस्था हेर्दा एकदमै निराश बनायो ।
विद्यालयको चौरमा पुगे । हट्टाकट्टा युवा र किशोरहरु भलिबल खेलिरहेको थियो । एक जमाना थियो हामी १० कक्षामा पुग्दा मात्र बुवाले स्कुल जान सेकेन्ड ह्यान्ड साइकल किनिदिनु भएको सम्झे हिजो पुग्दा त अधिकांश विद्यार्थीहरु पल्सर र अपाचे बाइकमै स्कुल पुगेका रहेछन । आ, मा, मा, हो, सवैको हातमा ठुल ठुला बिदेशी टल्की रहेको ब्रान्डेड घडी, टाइट चुज जिन्स पाइन्ट र नक्कली लेदरको कालो ज्याकेट । कोहि टिकटक, त कोहि यु टयुबमा व्यस्त । आज के दिन हो र कार्यक्रम के हो कसैलाई बाल छैन ।

स्कुलमा आगन्तुक पुग्दा गरिने सत्कार त छोडौं किशोरहरुमा त अनुशासनको अ पनि देखिन । कार्यक्रम सुरु गर्ने लाग्दा उदघोषकले चर्को साउन्ड सिष्टममा ‘ल भाईबहिनीहरु कार्यक्रम सुरु हुदैछ मञ्च अगाडि आइ दिनु परयो’ भन्दा पनि किशोरहरुलाई बालै मतलव भएन, किशोरीहरु भने मञ्च तिर सुगबुगाएको देखे तर पहिला को जाने ? दोधारे स्थिती उनीहरुमा पनि थियो ।

समारोहमा प्रमुख अतिथि सहित अतिथिहरु आसनग्रहण गर्दै थिए, छरिएका विद्यार्थीहरु आ–आफनै ठाँउमा, कोहि मोटर साइकलमै त कोहि टिकटकमै रमिते । जब चारजना दश कक्षे छात्राहरुको स्वागत नृत्य सरु भयो किशोरीहरु सबै स्टेज अगाडि कोहि बसेको त कोहि उभिएरै हेर्न थाले तर किशोरहरु अति अनुशासन हिन, लाग्थ्यो उनीहरुमा कुनै पनि सुन्ने र बुझने ज्ञान र चेतना नै छैन । यो त्यही स्कुल हो जस्को प्र.अ. लाई उनकै किशोर विद्यार्थीहरुले कालो मोसो दल्ने प्रयास गरेको भिडियो केहि दिन अगाडि भाइरल भएको थियो ।
एक हाम्रो जमाना थियो, अनुशासन, लाज र डरको कमि थिएन
२०५७ को एसएलसी ब्याच म, मलाई याद छ मेघनाथ यादव ( तत्कालिन नेपाली शिक्षक, हाल शिक्षक संघ प्रदेश २ अध्यक्ष) सर होमवर्क नगर्नेलाई हतकेलाका औंलाहरुमा पेन्सिल र डटपेन छिराएर बेस्सरी थिच्नु देखि पिठयुमा ‘गरदनिया माइर’ पिटनु हुन्थ्यो, हामी निशब्द, र्निजवाफ र लज्जित हुन्थ्यौं । मेरा बडी विल्डर साथीहरुलाई त्यो सजाय दिइन्थ्यो तर पनि उनीहरु एक शब्द समेत उतर बोल्दैन्थे । तर हिजो कुनै पनि बिद्यार्थीलाई शिक्षक संगको लाज र डर देखिन संस्कार, सत्कार र आदरको त कुरै नगरौं ।

मलाई याद छ म आठ कक्षामा हुँदा बुवालाई मैले मलाई नयाँ पाइन्ट चाहियो भनेको थिए । रघुनाथपुर, सबैला बजारहरुमा चालम र अन्न अनाज बेच्ने मेरो बुवा छ महिनाको करचाँप पछि मात्र पाइन्टको कपडा किनेर दर्जीकोमा सिलाउन दिनुभयो र अनि बल्ल मैले पाए । तर हिजो स्कुले पोशाकमा केहि चेली बाहेक अपवाद होला एउटा पनि किशोर मेरो नजरमा परेन । सांस्कृतीक कार्यक्रममा पनि एक त छात्राहरु मात्र नाच्ने हिम्मत गरेको देखे तर किशोरहरु नृत्य हुनेवितिकै स्टेज नजिक आएर मोबाइल र्तेस्याउने बाहेक केहि गरेन, होहल्ला र हुटिङ्ग भने गरिन्थ्यो ।

वक्ताह्रु बोल्दा किशोरहरुलाई सुन्ने कुनै जाँगर थिएन । उनीहरुको ध्यान मात्र मोबाइल, केटी र फेसनमा ल । छक्क परे, र सम्झे त्यसै स्कुलका उत्पादन म आफै अनि तिनजनै दाजु भाई सोहि स्कुलबाट पढेर एकजना कुशल व्यापारी र अर्को सरकारी संस्थानको हाकिम पनि भइसकेका रहेछौं । भित्रै देखि स्कुल प्रति माया त थियो नै दाया पनि लागिरहेको थियो । स्व. श्री फकिर चन्द गामी नाम फकिर भएपनि मनका त्यो अमिर जस्ले विभिन्न सहयोगीहरु सहित विघौ विघघा जमिन दान गरेर समाजलाई शिक्षित बनाउने संकल्प गर्नुभयो र श्री फकिरचन्द गामी मावि बरकुर्वा जन्माउनु भयो । नेपाल मात्र होइन बिश्वको अधिकांंश देशको शहरहरुमा यस विद्यालयका उत्पादनहरु कुनै न कुनै स्थानमा भेट हुन्छ नै । जनकपुरधामको श्री सरस्वती मावि सहित एक दुईवटा विद्यालय पछि धनुषामा नाम कमाएका स्कुल हो यो ।

तर आज विद्यालय रोइरहेको जस्तो कता कता महशुस हुन्छ । गल्ती कुनै एक विशेषको मात्र होइन, उपस्थितहरुको भनाई थियो । गल्ती नयाँ गलत राजनिति प्रवृती र भ्रष्टाचारको बाढावाको हो । अनि गल्ती म शिक्षक होइन नेता हो भन्ने प्रवृतीको हो । गल्ती अभिभावकको पनि हो जस्ले त्यो स्कुल मेरो होइन फकिर चन्दको मात्र हो भनेर सोचे । अनि गलत त्यो विद्यार्थी त हो नै जो पढन होइन फेसन र मस्ती गर्न स्कुल जान्छन् । गुरुचेला भनिन्थ्यो अव त केहो केहो खै के भन्ने ।

दाता परिवारका सदस्य स्व. गामीका नाती सोहि विद्यालयका उत्पादन नेपाल सरकारको सेवा निवृत प्रदिप गामीले मञ्चमा बोल्दै गर्दा भने, ‘म २०१४ मा जन्मे, बाजेले मेरो बुवा र काकाहरु कलिला किशोरावस्थामै रहँदा २०१६ सालमा विद्यालय पनि जन्माउनु भयो र छोरा छोरी सहित विद्यालयलाइ पनि सन्तान जस्तै हुर्काउनु भयो विकास निर्माण गर्नुभयो ।’ हुन त ध्यान दिएर सुन्ने कमै थिए तर मञ्च अगाडि बसेका विद्यार्थीहरुलाई उनले भने, ‘म दश कक्षामा पुग्दा बल्ल बुवाले फुल पाइन्ट किनीदिनु भयो, भाईबहिनीहरु तपाईहरुसंग आज के छैन ? मोटरसाइकल, मोबाइल, गुगल, फेसबुक सवै थोक छ, राम्ररी पढनोस किनकी असफल हुनुभयो भने गल्ती कस्को ? ।’

समारोहका प्रमुख अतिथि नेकपा एमालेका प्रदेश २ सचेतक प्रदेशसभा सदस्य किशोरी साह कमल थिए उनले भने, ‘२०४२ सालको एसएलसी ब्याच म फकिरचन्द गामीका कारण समाजले के पाएन ? तर उहाँको सपना यो विद्यालयको अवस्था हेर्दा आज आफै लज्जा महशुस हुन्छ ।’ उनले कम्तीमा विद्यालयमा राजनिति नर्गन सबै दलका नेता तथा प्रतिनिधीहरु र शिक्षक अनि विद्यार्थीलाई पनि आग्रह गरे ।
अरु केहि, जो मैले दुई घण्टाको बसाईमा देखे
हामी पढदा विद्यालयमा विद्यादायनी माता सरस्वतीको स्थाई मन्दिर थिएन, सरस्वती पुजाका दिन भगवानको मुर्ती ल्याएर एक दिन पुजा पाठ गर्दथ्यौं र एक वर्ष पढथ्यौं आज विद्यालय प्राङ्गणमै आकर्षक स्थाई मन्दिर छ भित्र विद्यादायनी माता श्री सरस्वतीको स्थाई मुर्ती त छ, तर ज्ञान र शिक्षाको एकदमै कमी छ । कारण एउटै छ हामी ‘पुस्तकको अध्यन्न नै सरस्वतीको पुजा हो’ भने मुल मन्त्र विर्सेका रहेछौं ।

अन्य धेरै कुराहरु देखे तर त्यस मध्ये एउटा सकारात्मक पक्ष पनि देखे । त्यो हो, प्रगतीशिल छात्रा र महिला क्रान्ति । छात्र भन्दा छात्रा अनुशासित र प्रगतीशिल देखे, अन्य चारजना साथी सहित मलाई पनि निर्णायक बनाइएको वकतृत्वकला प्रतियोगीताका तिनजनै प्रतियोगी छात्रा थिए कुनै केटाले भाग लिने आँट पनि गरेन । वक्तृत्वकला मात्र होइन पटक पटक भएको नृत्य देखि मञ्चन गरिएको नाटकमा केटा पात्रको भुमिकामा पनि किशोरीलाई नै देखेर केटाहरु कति पछाडि छ भन्ने महशुस गरे । संख्यामा पनि केटा भन्दा केटी बढी यस्को मतलव पढाई प्रति केटा भन्दा केटीको जाँगर र लगाव अत्याधिक बढी प्रमाणीत गरिरहेको थियो ।

छात्राहरुले गरेको नृत्य कसैले सिकाएको भने होइन । उनीहरु आफै सिकेर उत्कृष्ट नृत्य गरिरहेका थिए । एकल होस कि सामुहिक नृत्य त्यस बाहेका समेत अतिरिक्त क्रियाकलापमा छात्राहरुको जाँगर र कला राम्रो देखे । शिक्षाको अवस्था र सुधार विषयक वक्तृत्वकला प्रतियोगीतामा भाग लिएकी मनिषा यादव, पिंकी यादव र प्रिया पाल मध्ये मनिषा र प्रियाको उत्कृष्ट तर्क र ज्ञान सुने । मनिषाको तर्क भन्दा पनि मञ्चमा बोल्ने शैली र उनको शरिरको हाउभाउले लाग्दथ्यो एक कुशल नेतृ मञ्चलाई सम्बोधन गरिरहेकी छन् ।
हामी पढेको पुराना भवन जिर्ण भइसकेको छ, न मर्मत छ न त रंग रोगन नै । उहिलेको छात्रवास जस्मा संयौं विभिन्न गाँउका विद्यार्थीहरु बास बसरे पढथे उनीहरु आज कहा कहाँ पुगिसकेका छन त्यस छात्रवास रहेको ठाँउमा अहिले नयाँ भवन बनाइएको भएपनि त्यसको कुनै काम देखिदैन वा भनौ प्रयोग विहिन जस्तै छ । अनेकन धेरै कुराहरु मनमा खेलिरहेको छ सवै एउटै मनोलेखमा उर्तान साध्य छैन । मेरो आफनै मनमा आफैलाई पनि प्रश्न छ, म एक पत्रकारको नाताले आफना विद्यालयका लागि के गरे ? तत्काल म संग कुनै जवाफ त छैन तर प्रण लिएको छु अव केहि गर्नु छ ।

विद्यालय यो अवस्थामा कसरी आयो ? दोषि को ? भन्ने प्रश्नको जवाफ म संग छैन किनकी म आफै पनि दोषि हुन सकुला, गाँउवासी, पुर्व विद्यार्थी र एक पत्रकारको नाताले पनि । तर विद्यालय कस्ले विगा¥यो भन्ने कुराको आत्म समिक्षा हुन अति आवयश्क छ । के थाहा तपाई हामीले नै बिगारयौं कि ? कुनै एकजनाले बिगारयो भन्नु पक्षपात होला, बिदेशिन मन पराउने समाज, नेता, शिक्षक, विद्यार्थी, अभिभावक, पुर्व विद्यार्थी, पत्रकार र विद्यालयका उत्कृष्ट उत्पादनहरुलाई विद्यालयका लागि कुनै मतलव नहुनु, यि आदी इत्यादी धेरै करण हुन जस्ले विद्यालयलाई यो अवस्थामा ल्याइ पुरयाएको मेरो व्यक्तिगत धारणा हो । सम्बन्धित सबैलाई एकपटक हाम्रो प्यारो मन्दिर मावि बरकुर्वाको बारेमा आ–आफनो तर्फबाट सोचिदिन हार्दिक आग्रह गर्दछु । धन्यवाद, नयाँ वर्ष २०२२ को हार्दिक मंगलमय शुभकामना ।
