एसपी रिपोर्टर
जनकपुरधाम, पुष १४ : मुख्यमन्त्री लालबाबु राउतले शिक्षा क्षेत्रमा स्व.डा. मिथिलेश कुमार साहले पुरयाउनु भएको योगदानको प्रशंसा गरेका छन् । मोनाष्टिक स्कुलको औं वार्षिकोत्सवको अवसरमा भानुचौक स्थित विद्यालयमा आयोेजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले स्व. साहले शिक्षास्तर उकास्न निजी तर्फबाट गरेको योगदान र उनको सपना पुरा गर्न लागि परेका उनको परिवारजनको समेत प्रशंसा गरेका छन् ।
स्कुलका म्यानेजिङ्ग डिरेक्टर डा. सोनु साहले जनकपुरधाम सहितको यस क्षेत्रमा गुणस्तरीय, आधुनिक र बिश्व स्तरको प्रतिस्पर्धात्मक शिक्षाका लागि बुवाले देखेको सपना पुरा हुदै गएको भन्दै आजको दिनमा मोनाष्टकका उत्पादनहरु देश विदेशका महत्वपुर्ण क्षेत्रमा स्थापित रहेकोमा खुसी लागेको बताए ।
डा. सोनु साहले विद्यालय सञ्चालन र सफलतामा सहयोग गर्ने सम्पुर्ण पक्ष सहित विद्यार्थी र अभिभावकलाई धन्यवाद ज्ञापन गरेका छन् । कोभिडमा पनि अनलाइन क्लासका लागि शिक्षकहरुले देखाएको हिम्मतलाई उनले सराहना गरेका छन् । सो अवसरमा स्कुलका सम्पुर्ण वरिष्ठ शिक्षक, शिक्षक÷शिक्षिका सहित कर्मचारीहरुलाई स्कुल सञ्चालनमा महत्वपुर्ण भुमिका निर्वाह गरिरहेकोमा सम्मानीत गरिएको छ ।
विद्यालयमा कुल ४ हजार विद्यार्थी छन भने ३ सय शिक्षक र ५० जना कर्मचारीहरु छन् । कार्यक्रममा प्रदेश सांसद रामअशिष यादव, विद्यालयकी सञ्चालक बिना देवी सहितको उपस्थिती थियो ।