एसपी रिपोर्टर
जनकपुरधाम, पुष १३ : गिट्टी बालुवा ओसार्ने ट्रिपरका चालकहरु दादागिरी तरिकाले सवारी साधन चलाउँद समेत अनुगमण र नियन्त्रण गर्न प्रहरी मौन छ । शहर बजारको ब्यस्त क्षेत्रमा समेत ट्रिपरहरु मनपर्दी चलाउँदा प्रहरी मौन जस्तै बस्ने गरेको छ ।
प्रस्तुत भिडियोमा बसको पछाडि स्कुले बच्चा पुरयाउन गइरहेको मोटरसाइकल र चालकलाई ट्रिपर चालकले नदेखेकै जस्तो गतीमा ट्रिपर चलाइ रहेको देखिन्छ । उनले बसलाई देखेर मात्र ब्रेक लगाउँदा धन्य मोटरसाइकलमा सवारहरुको ज्यान बचेको स्पष्ट देखिन्छ ।
अति व्यस्त शहर बजार क्षेत्रमा ट्रिपरहरुको सिमित गती, ट्रिपरमा हुनुपर्ने सिमित लोड सहितको अनुगमण गर्न ट्राफिक प्रहरीको कुनै सक्रियता देखिदैन तर मोटरसाइकलमा एक बच्चा सहित दम्पती चढेको देख्ने वितिकै ट्राफिक प्रहरी रोकेर रसिद काटने नभए पैसा असुलेर जान दिने गरेका छन् ।
जनकपुरधामको अस्पताल रोडमा सवारी साधन पार्किङ्ग, बिना नियम कानुन इ रिक्साको आवतजावत र ओभरटेक बेथिति इ सवै कारणले प्रदेश २ को राजधानी जनकपुरधाम अस्त व्यस्त हुँदा समेत प्रहरी र ट्राफिक प्रहरी जानकी चौकी बाहेक कतै देखिदैन । जानकी चौकी अगाडि मोटरसाइकल रोकेर कानेखुसी गरिरहेको अवस्थामा मात्र प्रहरी देखिने गर्दछ ।