एसपी रिपोर्टर
जनकपुरधाम, पुष १३ : करिव सात दिनको निर्वाचन प्रक्रिया पश्चात नेपाली कांग्रेस प्रदेश २ को ७० सदस्सीय कार्यसमितिको टुङ्गो लागेको छ । अव सभापतीले विजेता सदस्यहरु मध्येवाट एकजना कोषाध्यक्ष चयन गरेपछि ७१ सदस्सीय कार्यसमितिको निश्कर्ष लाग्ने छ ।
एता कुल ७१ सदस्सीय कार्यसमितिमा संस्थापन इतरका मात्र सात जना सदस्यहरु जितेका छन् । निधीलाई कोइराला समुहले साथ दिएपनि सो समुहबाट मात्र ७ जना सदस्यहरु र्निवाचित भएका हुन । पदाधिकारीहरुमा निधी समुह शुन्य भएको छ ।
एसपी खवरलाई प्राप्त जानकारी अनुसार निधी–कोइराला समुहबाट जिवनाथ चौधरी, सरोज कुमार यादव सिरहा, रेखा कुमारी यादव, अच्छे लाल यादव, नितु झा, बिन्दा कुमारी पासवान र मो. ताल अली अन्सारी गरि कुल सात जना सदस्यहरु जित्न सफल भएका हुन । यि सात जना कुल ७१ सदस्सीय कार्यसमितिको मात्र १० प्रतिशत हुन जान्छ ।