एसपी रिपोर्टर
महोतरी, पुष १२ : महोतरीको रातु तथा अक्सी नदीको जलस्रोत उर्जा तथा सिचाँई मन्त्रालयको टोली स्थलगत निरिक्षण तथा अवलोकन गरेका छन् । प्रनिनिधीसभा सांसद तथा पुर्व जलस्रोत उर्जा तथा सिचाँई मन्त्री सरतसिंह भण्डारीको पहलमा रातु र अक्सी नदीमा गत वर्षको बाढीले बगाएको संरचना, नदीको बाँध सहितको क्षति अवलोकन निरिक्षण गर्नुका साथै स्थानियवासीहरु संग समस्या र चुनौती र समाधानका विषयमा बुझेको स्थानिय लोसपाका युवा नेता रामेश्वर मण्डलले बताए ।
उनीहरु बल्बा नगरपालिकाको रौजा मजार, लेउरी, तिलगढ, बन्चौरी र भंगहा नगरपालिकाको हंसरवा सहितका क्षेत्रमा रातु तथा अक्सी नदीले गत वर्षायामको बाढीमा पुरयाएको क्षतीको अवलोकन निरिक्षण गरेका छन् । टोलीमा सहभागी सिचाई मन्त्रालयका सचिव सागर राय, सिचाई विभाग प्रमुख शुसिल आर्चाय, डिजी प्रदिप थापा, प्रदेश २ का डिजी रमेश लाल कर्ण, श्याम कर्ण सहितको उपस्थिती थियो ।
बाढीले भएको क्षतीको विवरण संकलन गरि अगामि वर्षायाममा हुन सक्ने क्षतीलाई रोक्न उचित समाधानका लागि बजेट र योजना ल्याउन पुर्व मन्त्री भण्डारीले गरेको आग्रहमा उनीहरु निरिक्षणका लागि आएको नेता मण्डलले बताए ।