
नित्यानन्द मण्डल
जनकपुरधाम, पुष १२ : जनकपुरधामको शैक्षिकस्तर खस्कियो भने व्यापक चियो चर्चा चलिरहँदा सामथ्र्य, सम्भावना र आशाका त्यान्द्रो पनि बेलावखतमा जुनकिरी झैं बलिरहन्छ । हो, जनकपुरधामका २ जना यूवाले पिएचडी डिग्रीका लागि फेलोसिप पाएका छन् भने एउटै परिवारमा ३ जना पिएचडी होल्डर हुने भएका छन् । उनीहरु हुन्, धनुषा खजुरीका मोहन मण्डल र शान्ति मण्डलका छोरा बर्ष २७ का आनन्द मण्डल तथा जनकपुरधाम ४का अशोक रौनियार र गायत्री रौनियारका कान्छा छोरा बर्ष ३०का सौरभ रौनियार ।
नेपाल विद्युत प्राधिकरणमा जागिरे रहेका फेलोसिप पाउने मण्डलका बुवा शालिन, सौम्य र शान्त प्रवृतिका व्यक्तित्व हुन् भने रौनियारका बुवा नेपाल पत्रकार महासंघ धनुषाका पूर्व अध्यक्ष, स्वतन्त्रता सेनानी र विन्दास जीवनशैली मनपराउने व्यक्तित्वको रुपमा दरिन्छन् ।
पिएचडी पढ्न आनन्द मण्डल आजै युनिभर्सिटी आँफ वोलोनगङ्ग, अस्ट्रेलियाका लागि प्रस्थान गरेका छन् । उनी नेपालमा सातौं तहमा कार्यरत् थिए र केयुमा पढाउँथे पनि । सो फेलोसिप पाउने जम्मा २ जना छन्, जसमा नेपालबाट एकजना उनी र अर्का एकजना ईरानका हुन् । उनका भाई शम्भु मण्डल पनि पेशाले ईन्जिनियर र नेपाल सरकारका जागिरे हुन् ।

उनी सञ्चारकर्मी समेत रहेका प्रेस सेन्टर नेपालका धनुषा अध्यक्ष सञ्जीव मण्डलका भाञ्जा हुन् । यस्तै सौरभ रौनियार अगामी फरबरी २०२२मा डाटा साइन्समा पिएचडी गर्न मेक्युरी युनिर्भसिटी, सिडनी अस्ट्रेलियाका लागि प्रस्थान गर्ने भएका छन् । यसरी यी दुई परिवारका आफन्तहरुले सामाजिक सञ्जालहरुमा खशीका पलहरु साटिरहँदा सिँगो जनकपुर पनि हर्षित हुनु अस्वाभाविक पक्कै पनि होइन् र्।
सौरभले २०१२मा बीटेक,एनआईटी जयपुरबाट भारतीय राजदुतावासको सहयोगमा फुल स्कलाँरशिपमा गरे । मास्टर्स इन कम्युनिकेशन ईन्जिनियरिँग ताइवानबाट उनले गरे । उनी ताइवानमै सिएसटी कम्पनीमा काम गरे ।
उनको भाषिक सीप, कार्यकुशलता र दक्षताले उनको कम्पनीले भारतमा भएको कम्पनीमा काम गर्न खटाए । उनी भारतमा मेक्सिस टायरमा ईन्जिनियरिँग डिपार्टमेन्टको प्रमुख भएर २०१६देखि २०२० सम्म काम गरे । यहाँ ३५ सय करोड प्रोजेक्टको कारोबार कम्पनी थियो, उनी बताउँछन् । उनी मैथिली, नेपाली, अँग्रेजी, हिन्दी, अँग्रेजी, चाइनिज र गुजराती भाषा लेख्न, बोल्नमा पोख्त छन् । उनको यसै क्षमताले उनको उचाई बढायो र कम्पनीले उनलाई भारतमा काम गर्न पठायो । यहाँ उनले बार्षिक २५ लाख नेपाली रुपैयाँ कमाउँथे । त्यहाँबाट उनले २०२१ सम्म भ्यायोवोटिक्स, आईटी कम्पनी सिँगापुरमा काम गर्दै आएका छन् । अहिले आँनलाइन कार्य हुँदैछ, उनले भने ।
कोभिड १९का बेला बालीनाली सखाप पार्ने सल्लाह किराबाट उब्रिन उनको कम्पनीले २ वटा जाल भएको ड्रोन बनायो जसमा सल्लाह किराहरु जालमै फँसेर मर्थे अनि बालिनाली जोगिन्थ्यो उनी सुनाउँछन् । सिँगापुरमा जनवरी २०२२मा आयोजना हुन लाागेको विश्वका वैज्ञानिकहरुको सम्मेलन भाग लिनका लागि उनी पनि चुनिएका छन् । १७०० जनाले आवेदन दाखिल गर्दा उनी लगायत २०० जनामात्र चुनिएको हो । उनका दाई आशिष रौनियारले पनि ३ वर्ष अगाडी २०१९मा यो सम्मेलनमा भाग लिईसकेका, उनी सम्झिन पुग्छन् ।
काम, प्रोफाईल, रिसर्च र अनुभवको आधारमा आफू पिएचडीका लागि चुनिएको उनी दावी गर्छन् । डाटा सम्बन्धि थप ज्ञान हासिल गर्न र पिएचडी छनौटमा पर्नका लागि तयारी गर्न उनी बार्षिक २५ लाखको जागिर छाडेर तयारीमा जुटे । दाइ र बुवा मम्मीको सहयोग, साथ र समर्थनमा आफूले त्यो जागिर छोडे बरु साथीहरुले कोभिडको बेला जागिरको क्राइसिस हुन्छ, जागिर नछोड भन्थे तर म साथीहरुको कुरा मानिन् । उनले थपे कहिलेकाहिँ त्यत्रो पैसा कमाईराखेकामा ठाम्मै छोडपछि अलिक पट्यार पनि लाग्थ्यो, उनले दुखेसो पोखे ।
अहिले डेढ करोड पढाई र डेढ करोड खानबस्नका लागि जम्मा ३ करोड रुपियाँको उनले स्कलरसिप पाएका छन् । तर अहिले पिएचडी पढ्ने अवसर पाएकोमा उनी औधि खुशी छन् । जीवन खुशी र दुःख भई नै रहन्छ, यो स्वाभाविक प्रक्रिया हो, उनी भन्छन् । आफ्नो योग्यता र क्षमतालाई थप तिक्कखर, मजबुत र प्रभावोत्पादक बनाउन उनले डाटा सम्बन्धि आर्टिफिसियल आँनलाइन कक्षाहरु पनि तैयारीको क्रममा गरेको उनले भने । यस्तै उनी कोन्सवर्ग गु्रप, सिन्टेफ डिजिटल कम्पनीमा काम गर्नेगरी ओसलो युुनिर्भसिटीबाट पनि पिएचडी गर्नका लागि अप्लाई गरेका छन्, त्यसमा पनि आफ्नो नाम निस्कने प्रवल सम्मभावना रहेको उनी देख्छन् । त्यहाँ चारबर्षको कोर्स हुनेछन् जसमा २ बर्ष त्यो कम्पनीमा काम पनि गर्नुपर्ने प्रावधान रहेका उनले सुनाए ।
स्वतन्त्रता सेनानी समेत रहेका पत्रकार रौनियारका अर्का जेठा छोरा बर्ष ३२का आशिष रौनियार पनि ओश्लो युनिर्भसिटीबाट कम्प्युटर साइन्समा पिएचडी होल्डर र प्रोफेसर हुन् । उनी सिन्टेफ डिजिटल रिसर्च साइन्टिस्ट हुन् । उनी भ्योवोटिक्सका संस्थापक र चिफ टेक्निकल आँफिसर हुन् । धेरै नै सम्मानहरुबाट सम्मानित भईसकेका र कार्यका लामो अनुभव भएको फेहरिस्त सहितको ठुलो प्रोफाइल छ, उनको । उनी विश्वको ५४वटा देशमा गएर आफ्नो कार्यपत्र प्रस्तुत गरिसकेका छन् । उनी पनि व्याचलर भारतीय दुतावासको सार्ककोटाबाट फुल स्कलँरसिपमा पढे । केहिहप्ता अगाडिमात्र उनी जनकपुरधाममा प्रणयसुत्रमा बाँधिए ।

यस्तै पत्रकार रौनियारकै भाई दीपक रौनियार जो जनकपुरका स्टार क्रिकेटर थिए । जनकपुरका युवाहरुका ढुकढुकी अत्यन्त मिलनसार दीपकका छोरा समुन्द्र दीप पनि पिएचडी होल्डर हुन् । उनले पनि कम्प्युटर साइन्समा मेक्युरी युनिर्भसिटीबाट पिएचडी गरेका हुन् । उनी मास्टर्स चीनबाट गरेका हुन् । बिटेक एनआईटी, सुरतबाट गरे । अमेरिकाको सफ्टवेयर सम्बन्धि ठुलो कम्पनी डिओटीमा एनालिस्ट साइन्सटिस्टको रुपमा काम गर्दै आएका छन् उनी । उनी भारतीय राजदुतावासको फुलस्कलरसिपमा व्याचलरमा पढ्नका लागि नाउँ निकालेका थिए । पिआर होल्डर रहेका उनको यही महिनामा ईन्गेजमेन्ट नेपालमै भयो ।
यस्तै अशोक रौनियारका अर्का दाई अरुण गुप्ताका छोरी नेहा रौनियार बर्ष २७ काले एमविए क्रिस्ट काँलेज बैँगलोरबाट भारतीय राजदुतावासको फुलस्कलर सिपमा पास गरे । एसेन्च्योर इण्डिया साँफ्टवेयर कम्पनीमा उनी २ बर्ष काम गरे भने अहिले नेपालमै घरजम गरेर डिअरवाक सफ्टवेयर कम्पनीमा काम गर्दै आएका छन् । यस्तै उनको परिवारको आदित्य रौनियार पनि भारतीय राजदुतावासको फुल स्कलाँरसिपमा बिबीए, काकिनाडा, एमविए जेन युनिर्भसिटी, बैंगलोरबाट गरे । उनी पिडब्लुसी ठूलो कन्सल्टिँग कम्पनीमा काम गरेका छन् भने आफ्नो विरासतीय व्यवस्याय प्रवर्धनमा जनकपुरमै जमेका छन् ।

यसरी रौनियार परिवारका प्रायशः सबैजना भारतीय राजदुतावासको जेनरल र सार्ककोटामा व्याचलर डिग्रीसम्म पढेका छन्, जुन आफ्रनै मिहिनेत, लगन र लगावले अहिले २ जना पिएडी होल्डर छन् भने एकजनाले पिएचडी पढ्नका लागि नाम निकालेर पढन जाने तरखरमा जुटेका छन् । सञ्चार र प्रविधिको अकल्पनीय, अप्रत्याशित र अकथनीय द्रुत विकास भइरहेकाबेला रौनियार परिवारका यी यूवा वैज्ञानिकहरुको योगदानले प्रविधि र सूचनाको क्षेत्रमा थप टेवा पु–याउनसक्नेमा जनकपुरवासी विश्वस्त छन् ।
र,त वितृष्णा, आक्रोस, दुःख, पीडा, अर्तनादका सँगै आनन्द, आशा, भरोसा, हर्ष, उन्मादको वर्ष २०२१ विदाई गर्न र नयाँ वर्षलाई आतुर रहेकाबेला वर्षको अन्त्यमा जनकपुरको यो खुशी कम्ती छैन् । यसरी शान्त, शालिन र विन्दास बाउका जेहन्दार, उम्दा र प्रतिभाशाली सन्तानहरु, रौनियार र मण्डल परिवारका छोराहरुले सधै आफ्नो राष्ट्र, समाज र देशका नाम रोशन गरिरहोस् । चम्किला ताराहरुले सदैव सफलताका चरमोत्कर्ष चुमिरहोस् जसमाथि सधैं जनकपुरले गौरव गरिरहोस् भन्ने सदिच्छाका साथ हार्दिक बधाई तथा शुभकामना ।
साभार : प्रशोधकडटकम