एसपी रिपोर्टर
सिरहा, पुष ११ : ज्याकेट लगाएका, हातमा लठ्ठी र पछाडी ब्याग बोकेका हट्टा कट्टा जवानहरुको हुल कुनै पनि निजी वा सार्वजानिक सवारीसाधन देख्ने वितिकै अन्धाधुन्द लाठी प्रहारको गरेको यो दृश्य सिरहाको मिर्चैया देखि गोलबजार क्षेत्रको हो ।
जनमत पार्टीले किसानहरुको समस्या समाधान र हक अधिकार तथा सुविधाको लागि भन्दै आहवान गरेको सिरहा बन्दको क्रममा राजमार्गमा यात्रा गर्ने दर्जर्नौ सर्वसाधारण अनाहकमा आफनो चिल्ला गाडीहरु आँखा अगाडि तहस नहस हुदै गरेको पिडा भोग्न परयो ।

सुरक्षा संयत्रन्त्रले जनमत पार्टीको बन्दलाई समान्य रुपमा लिएकै कारण सिरहामा सर्वसाधारणले सास्ती मात्र भागेका छैनन दर्जनौ निजि तथा सार्वजानीक सवारी साधनमा तोडफोड भएको छ । ठुला पार्टीले गर्ने बन्द हडताललाई मात्र प्राथमिकता दिने प्रशासनको रबैयाकै कारण त्यती क्षति भएको मिर्चैयाका एक व्यापारीले बताए ।

मिर्चैयामा पुगेका निजी कारहरुमा बन्दकर्ताको पहुँच हुन पुगेको देखिन्छ । उनले भने, ‘जनमत पार्टीको बन्द अचानक होइन, पुर्ववर्ती घोषणा थियो तर प्रहरीले समान्य लिएर कुनै सुरक्षाको तयारी गरेको थिएन र आज यति क्षती भयो ।’ प्रहरीकै अगाडी अतिनै आक्रमक जनमतकर्मी युवाहरु बन्द सफल बनाउन सफल भएका छन् ।
