एसपी रिपोर्टर
जनकपुरधाम, पुष १० : नेपाल वैश्य युवा संघले नेपाली कांग्रेसका नवर्निवाचित महामन्त्री गगन थापालाई सम्मान गरेको छ । वैश्य युवा संघले देशकै युवाहरुको ढुकढुकी तथा नेपाली कांग्रेसका दिगज्ज नेताहरुलाई पराजित गर्दै अत्याधिक मतका साथ महामन्त्रीमा जितेर राजनितिमा सम्पुर्ण युवाहरुको उज्जवल भविष्यको संकेत देखाउन सफल गगनलाई सम्मान गरिएको संघका अध्यक्ष दिलिपचन साहले बताएका छन् ।
उहाँको जितले युवाहरुको अगामि भविष्य उज्जवल रहेको संकेत दिएकै हो, दिलिपले भने, ‘नेपाल वैश्य युवा संघ कुनै पार्टी विशेष र एकमात्र खास अभियान नभई युवाहरुको सर्वाङ्गिक विकास, सम्मान र पहिचानका लागि काम गर्ने संस्था हो त्यसैले गगन जस्ता युवा नेतालाई सम्मान गरेका हौं ।’
संघका विभिन्न राजनितिक दलका युवाहरुको सहभागिता रहेको बताउदै उनले वैश्य समुदालयले अव लगानी मात्र होइन हरेक तह र तप्कामा प्रतिनिधित्वका लागि हरसम्भव प्रयास गर्नुपर्दछ ।’ महामन्त्री गगनले सम्मानका लागि धन्यवाद ज्ञापन गर्दै आर्थिक र व्यापार व्यवसायका साथ साथै राजनितिक र समाजिक क्षेत्रमा समेत अग्रसर हुन वैश्य युवा संघलाई आग्रह र शुभकामना दिएका छन् ।