एसपी रिपोर्टर
जनकपुरधाम, पुष ९ : नेकपा समाजवादी पार्टीका उपाध्यक्ष धर्मनाथ साहले केपीशर्मा ओली कम्युनिष्ट नभएको टिप्पणी गर्नुभएको छ । जनकपुरधाममा शुक्रबार प्रदेश समितिका पदाधिकारीको सपथ ग्रहण समारोहमा उपाध्यक्ष साहले राजा बन्न खोज्ने नेकपा एमालेका अध्यक्ष ओली कम्युनिष्ट नभएको बताउनुभएको हो । ओलीले हैकमवादी चरित्र देखाउने गरेको पनि उहाँको आरोप छ ।
कार्यक्रममा नेकपा समाजवादीका नेता तथा प्रदेश २ का मन्त्री शत्रुधन महतोले नेताको वरिपरी घुम्ने परिपाटीको अन्त्य गर्न आफ्ना कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको छ । उहाँले संगठन बजबुत बनाउने अभियान जुट्न पनि आग्रह गर्नुभयो । त्यस्तै, नेता श्रीप्रसाद साहले पनि संगठनलाई सक्रिय बनाउने अभियानमा लाग्न कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नेकपा समाजवादी प्रदेश २ कार्यसमितिका पदाधिकारीहरूलाई सपथ ग्रहण गराइएको थियो । पार्टीको प्रदेश २ समितिको २ सय ७५ सदस्सीय प्रदेश कमिटि गठन संगै अध्यक्ष रामचन्द्र यादव सहितका सबैलाई सपथ ग्रहण गराइएको छ ।