एसपी रिपोर्टर
जनकपुरधाम, पुष ८ : नेपाली कांग्रेस प्रदेश २ को कार्यसमिति गठनका लागि पहिलो अधिवेशनअन्तर्गत जनकपुरधाममा आज भएको मतदान सम्पन्न भएको छ । विहान ८ बजे निर्धारित मतदान प्रक्रिया ९ बजेर ४० मिनेटमा सुरु भएको थियो । साँझ ८ बजे सम्म भएको मतदानमा १८८१ मत खसेको छ ।
कुल मतदाता १९ सय ३८ मा जम्मा १८८१ मत खसेको हो । धनुषा र महोतरीको बुथमा ४६६ मतदातामा सबै मत खसेको छ, सिरहा र सप्तरीको बुथमा ४९४ मतदातामा ४६५, सर्लाही र रौतहटको बुथमा ४९० मतदातामा ४८२ तथा बारा र पर्साको बुथमा ५०९ मतदातामा ४६८ मत खसेको निर्वाचन समितिले जनाएको छ ।