एसपी रिपोर्टर
जनकपुुुरधाम, पुष ८ : कांग्रेस प्रदेश २ को अधिवेशन स्थलमा अन्य विभिन्न रोचक दृश्य र प्रसंगहरु पनि मतदानको क्रममा देखिएको छ । मानसिक सन्तुलन ठिक नभएका एक युवा आफनो उम्मेदवारको समर्थनमा निकाएको रयालीको नेतृत्व गरिरहेका नेता बिमलेन्द्र निधीको खुट्टामै गएर सुते अनि भन्न थाले, ‘निधी हामारा समस्या समाधान करो ।’
निधीका समर्थकहरु उनलाई छेउ लगाए तर लठ्ठी बोकेका उनले निधी निधी हल्ला गर्दै पछाडि गर्न थाले र अभद्र तथा अपशब्द प्रयोग गरेपछि निधी समर्थकहरु तातिए । त्यसपछि पनि हल्ला गर्न नछोडेका अपरिचित ति युवालाई कुटपिट गरिएपछि उनी बेहोस भएर सडक पेटीमा ढले ।
मतदाता र नेताहरु मतदानमा व्यस्त छन तर उनलाई के भयो भन्नेमा कसैलाई कुनै मतलव छैन ।