एसपी रिपोर्टर
जनकपुरधाम, पुष ८ : नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनबाट पहिलो प्रदेश कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ । विहान आठ बजे देखि हुने भएको मतदान विहान ९ बजेर ४० मिनेटमा सुरु भएको छ । मतदानमा सर्व प्रथम सभापतीमा क्रम संख्या १ भएका संस्थापन पक्षका उम्मेदवार कृष्ण प्रसाद यादवले मतदान गरेका छन भने उनका प्यानलको उपसभापतीको उम्मेदवार प्रदेश २ का महिला वालवालिका मन्त्री बिरेन्द्र सिंहले दोस्रो मतदान गरेका छन् ।
त्यसपछि सभापतीका अर्का उम्मेदवार कोइराला समुहका राम सरोज यादवले मतदान गरेका छन् । हँसिलो मुद्रामा मतदान गरेका दुवैजना स्वस्थ्य प्रतिस्पर्धाबाट नेतृत्व चयन गरि कांग्रेसलाई एक ढिक्का बनाउने प्रतिवद्वता व्यक्त गरेका छन् । कुल ७१ सिटका लागि १ सय ६९ उम्मेदवार मतदानमा प्रतिस्पर्धामा छन जस मध्ये पाँचजना सदस्य र्निविरोध भइसकेको निर्वाचन समितिले जनाएको छ ।