एसपी रिपोर्टर
जनकपुरधाम, पुष ७ : नेपाली कांग्रेस प्रदेश २ को सभापतीमा उम्मेदवारी दिएका कृष्ण प्रसाद यादवले आफुलाई जनकपुरधाम बाहिरको भन्दै हेप्ने काम भएको बताएका छन् । पाँच हजार मतदाताले अत्याधिक चिसोमा काठमाण्डौंमा मतदान कसरी गरे ? प्रश्न गर्दै कृष्णले भने, ‘म स्वस्थ्य प्रतिस्पर्धाको पक्षमा छुँ, कुटाकुटमा नजान सबैलाई आग्रह गर्दछु ।’
बुधवार सभापतीका दुई उम्मेदवारहरु बिच मत बाझिएपछि नेपाली कांग्रेसको प्रदेश २ अधिवेशनमा विवाद भएको छ । देउवा समुहका उम्मेदवार कृष्ण प्रसाद यादव समुहले आजै मतदान गर्नु पर्ने र अर्का समुहले राती धाँधली हुन सक्ने भन्दै भोली मात्र मतदान गर्नुपर्ने अडान लिएपछि विवाद भइ भिडन्तको स्थिती सृजना भएको छ । दुई समूहबीच झडप र समान्य कुटाकुट समेत भएको छ । सो क्रममा भएको कुटाकुटमा कांग्रेसका केही कार्यकर्ता घाइते भएका छन् ।
निर्वाचन समितिले प्रदेश २ मा बुधबार नै निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो र नियोजित र अप्रत्यासित रुपमा मतदानमा बिलम्व गरिरहेको छ । स्रोतका अनुसार देउवा समुह बुधवारै मतदान गर्न चाहन्छ भने अर्को समुहलाई कोइराला समुहले समर्थन गरेपनि सम्पुर्ण मतदाता सहमतीमा नआइसकेकाले रातभर प्रयासका लागि भोली मात्र मतदान गर्न चाहेको छ ।
जनकपुरधाम विपक्षी उम्मेदवारकै गृहजिल्ला रहेको भएपनि धाँधलीको आरोप लगाएर अर्को पक्षलाई बदनाम गर्न चाहेको पर्साका एक मतदाताले बताए । धाँधलीको कुरा गरि विवाद सृजना गर्न खोज्नु शंकाष्पद रहेको चिसोमा बाहिर बाट आएका मतदाताको भनाई छ । निर्वाचन समितिले बुधवारको समय तालिका राखेका बुधवारै मतदान हुनुपर्ने उनीहरुको मांग छ । आफुहरु बाहिरका भएकै कारण सिधा कुटाकुटको स्थितीको सृजना गरिएको समेत उनको आरोप छ ।
एता राम समुहले भने गृहमन्त्री बालकृष्ण खाँड आफै जनकपुरधाम आएर निर्वाचन गराउन चाहेकाले धाँधली हुन सक्ने भन्दै विहिवार मात्र मतदान गर्नुपर्ने मांग अघि सारेका छन् । यसै बिच निर्वाचन भोली विहान ८ बजे सम्मको लागि स्थगित भएको खवर छ ।