एसपी रिपोर्टर
जनकपुरधाम, पुष ७ : नेपाली कांग्रेस प्रदेश २ को पहिलो अधिवेशन जनकपुरधाममा जारी छ । प्रदेश २ को नेतृत्व चयन गर्न जनकपुरधाममा कुल ७१ पदका लागि १ सय ६९ उम्मेदवार चुनावी मैदानमा छन् । जस्मा पदधाकिकारी ८ पदका लागि २० जना उम्मेदवार चुनावी मैदानमा उत्रिता समेत वैश्य समुदाय नसमेटिनु दुःखद रहेको कांग्रेस भित्रको वैश्य अगुवाहरुको आरोप छ ।
जनकपुरधाममा अगुवाहरुको आक्सिमक बैठकले पार्टीको प्रदेश २ नेतृत्वका लागि चुनावी मैदानमा रहेको दुई प्रतिस्पर्धी प्यानलमा वैश्य समुदायले स्थान नपाउनु धोका भएको आरोप लगाइएको छ । सहमहामन्त्री खुल्ला तर्फको छैठौं क्रममा रामनारायण महासेठले बिना प्यानल उम्मेदवारी दिएका छन् । प्रतिस्पर्धी मुख्य दुई प्यानल निर्माणकर्ता शिर्षनेताहरु विभिन्न साहुजी समुदायको मात्र जोडदा पनि प्रदेश २ को ९ प्रतिशत जनसंख्या वैश्य समुदायलाई पदाधिकारीमा नसमेटेर अन्याय गरेको बैठकको निश्कर्ष छ ।
बैठकमा अव चुप लागेर बस्दा पटक पटक अन्याय हुने भएकाले कांग्रेस भित्र वैश्य संघको स्थापना गरि कांग्रेसको विधानमा रहेको कलस्टरमा वैश्य कलस्टरको समेत मांग राख्नु पर्ने निश्कर्ष निकालिएको छ । आम निर्वाचनमा टिकट वितरणका वेला वैश्य समुदाय चुप लागेर बस्न नहुने भन्दै सम्मानजनक उपस्थिती रहेको सवै वडा देखि क्षेत्र सम्ममा टिकटमा दावी ठोक्नु पर्ने आवाज उठेको छ ।
प्रदेश २ को जारी अधिवेशनमा केहिले सदस्यहरुमा आफनै मनले उम्मेदवारी दिएपनि कार्यसमितिको पदाधिकारीमा उम्मेदवार चयन गर्दा वैश्य समुदायका नेतालाई प्रतिस्पर्धी प्यानलमा चयन गर्न छुटाइएको छ । बैठकमा कांग्रेस भित्रको वैश्य समुदायका सांसद तथा अगुवा र जनप्रतिनिधीहरुको उपस्थिती थियो । जारी अधिवेशनमा कुल मतदाता १९ सय ३२ रहेकोमा वैश्य समुदायकै करिव ३ सय ३८ मत रहेको छ ।
कार्यक्रममा कांग्रेस प्रदेश २ वैश्य समुदायका अगुवा कपिलदेव साह, प्रदेश सांसद राजेश्वर साह, जनकपुरधाममा पुर्व मेयर बजरंग प्रसाद साह सहितको उपस्थिती थियो ।