एसपी रिपोर्टर
जनकपुरधाम, पुष ७ : नेपाली कांग्रेस प्रदेश २ को पहिलो अधिवेशनमा एकजना सभापतीका लागि दुईजना बिच मात्र प्रतिस्पर्धा हुने भएको छ भने उम्मेदवारी परेको दुईजना उपसभापतीका लागि ५ जनाको उम्मेदवारी परेको छ । त्यसैगरि २ जना महामन्त्री पदका लागि कुल ५ जनाले मनोनयन गराएका छन् ।
निर्वाचन समितीले जारी गरेको उम्मेदवारहरुको अन्तिम नामावली अनुसार सभापतीमा कृष्ण प्रसाद यादव, राम सरोज यादव, उपसभापतीमा क्रमश चन्द्रशेखर कुमार यादव, धनलाल ठोकर, विनोद कुमार पासवान, बिरेन्द्र प्रसाद सिंह र रामाधार प्रसाद यादवले उम्मेदवारी दिएका छन् । महामन्त्रीमा उपेन्द्र कुमार यादव, नरेश कुमार यादव, बिनोद चौधरी, बृहस्पति कृष्ण श्रेष्ठ र हरेश प्रसाद महतो उम्मेदवार बनेका छन् ।
त्यसैगरि दुईजना खुल्ला तर्फका सहमहामन्त्रीमा छ जनाको उम्मेदवारी परेको छ जस्मा अरबिन्द आमात्य, जय नारायण प्रसाद यादव, नारायण चौधरी, परशुराम चौधरी, बिनोद कुमार यादव र रामनारायण महासेठ रहेका छन् । एकजना महिला सहमहामन्त्रीको लागि ४ जनाको उम्मेदवारी परेको छ जस्मा बिन्दु कुमारी यादव, भिमा देवी शर्मा, रीता यादव र रेखा देवी महरान हुन । खुल्ला तर्फको १४ प्रदेश सदस्यका लागि ५० जना, ७ महिला सदस्यका लागि १२ जनाको उम्मेदवारी परेको छ ।
प्रदेश सदस्य खुल्ला प्रत्येक जिल्लाका ८ पदका लागि १५ जना उम्मेदवार बनेका छन् । ७१ पदका लागि १ सय ६९ जना उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् । विहान ८ बजे देखि मतदान हुने समय तय भएपनि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन १२ बजे भएको र मतपत्र छाप्न वाँकी नै रहेकाले अवेर साँझबाट मात्र मतदान सम्भव हुने देखिन्छ ।