एसपी रिपोर्टर
जनकपुरधाम, पुष ६ : नेपाली कांग्रेस २ को नेतृत्व चयनका लागि बुधवार मतदान हुने भएको छ । प्रदेश २ को सभापतीमा संस्थापन पक्षबाट रौतहट सभापति कृष्णप्रसाद यादवले मनोनयन दर्ता गराएका छन त्यस्तै, संस्थापन इतर अर्थात विमलेन्द्र निधि समुहका उम्मेदवारका रुपमा प्रदेश २ का हालका संसदीय दलका नेता रामसरोज यादवले सभापतीमा उम्मेदवारी मनोनयन गराएका छन् । उनी प्रदेश २ सरकारमा भौतिक पूर्वाधार मन्त्री समेत हुनु ।
प्रदेश २ मा नेपाली कांग्रेसको चुनावी सरगर्मी बढेको छ । दुवै समुहका समर्थकहरु आ–आफनो पक्षमा नारावाजी र जितको दावी गरिरहेका छन् । मनोनयनको समय विहान ११ बजे देखि रहेपनि २ बजे देखि मात्र सुरु भएको थियो ।
नेपाली कांग्रेसको प्रदेश २ महाधिवेशनका लागि सभापति शेरबहादुर देउवा समूहका उम्मेदवार कृष्ण यादवलाई सहयोग गर्न गृहमन्त्री बालकृष्ण खाँण, सहमहामन्त्री महेन्द्र यादव, केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना सक्रिय रहेका छन् । त्यस्तै, रामसरोजलाई सघाउन विमलेन्द्र निधिसहितका नेता पनि जनकपुरधाम आइपुगेका छन् ।