एसपी रिपोर्टर
जनकपुरधाम, पुष ६ : नेपाली कांग्रेस प्रदेश २ मा चुनावी सरगर्मी बढेको छ । नेताहरु सहमतीको प्रयास भइरहेको भएपनि उम्मेदवारहरु चुनावी प्रचार प्रसारमा उत्रिसकेका छन् । संस्थापन पक्षका उम्मेदवार रौतहट सभापती कृष्ण प्रसाद यादव हुन भने संस्थापन इतर अर्थात विमलेन्द्र निधीको उम्मेदवार प्रदेश २ का हालका संसदिय दलका नेता रामसरोज यादव हुन ।
उनी प्रदेश २ सरकारमा दोस्रो वरियताका भौतीक पुर्वाधार मन्त्री समेत छन् । रौतहटका यादवले प्रदेश २ मा जनकपुरधाम वा धनुषा बाहेकका दोस्रो जिल्लाले समेत जिम्मेवारी पाउनु भन्दै प्रचार प्रसारमा जुटेका छन भने अर्को उम्मेदवार रामसरोज पनि चुनावी रणनितिमा लागि परेका छन् । कांग्रेस प्रदेश अधिवेशनका निर्वाचन अधिकृत प्रल्हाद गौतमले मंगलवार ११ बजे सम्म मनोनयनको समय रहेको तर सर्लाही तथा महोतरी सहितका जिल्लाहरुबाट अझै अधिवेशन सकिएर मतदाताको अन्तिम नामावली नआएकाले मनोनयन प्रक्रिया सुरु गर्ने र साँझ सम्म पनि नआए विवादितलाई छाडेर भोली मतदान हुने बताए ।
नेपाली कांग्रेसको प्रदेश २ महाधिवेशनका लागि सभापती शेर बहादुर देउवा समुहका उम्मेदवार कृष्ण यावदलाई गृहमन्त्री खाँण, सहमहामन्त्री महेन्द्र यादव, केन्द्रिय सदस्य आनन्द प्रसाद ढुङ्गाना सक्रिय छन भने रामसरोजलाई सघाउन विमलेन्द्र निधी समेत सोमवार जनकपुरधाम आइपुगेका छन् । गृहमन्त्री खाँणले दुुई वा सो भन्दा बढि उम्मेदवार भए प्रदेश २ मा लोकतान्त्रिक विधिबाट नेतृत्व चयन हुने बताए । निधीका उम्मेदवार राम सरोजलाई पौडेल समुहले सहयोग गर्ने चर्चा रहेपनि, प्रदेश २ मा निधीलाई भन्दा पनि रामसरोज व्यक्तीलाई छान्दा त्यो सम्भावना कम रहने नेताहरु बताउछन् ।