एसपी रिपोर्टर
जनकपुरधाम, पुष ६ : गृहमन्त्री बाल कृष्ण खाँणल एमसीसी नेपालको विकासमा रहेकाले एमसीसी सम्झौतालाई अगाडि बढाउनु नेपाल सरकारको दायित्व रहेकोे जनाएको छ । जनकपुरधाममा नेपाली कांग्रेसका चर्चित नेता स्व. राम नारायण मिश्रको ५४ औं पुण्यतिथिमा सहभागी भएका गृहमन्त्री खाँडले पत्रकारहरुसंग कुराकानी गर्दै देशको विकासमा रहेको एमसीसी अगाडी बढाउनु गलत नभएको बताए ।
त्यतिकै आवयश्क छ भने सरकारले एमसीसी संसदमा किन लान नसकेको ? भन्ने प्रश्नमा खाँणले प्रस्ताव अगाडि बढने वा पारित हुने स्थिती बिना रणनितिक रुपमा अगाडि बढाउदा समस्या हुने भएकाले सहमतीको प्रयास गरिएको बताएका छन् । गृहमन्त्री खाँणले प्रदेश २ मा लोकतान्त्रिक विधिबाट नेतृत्व चयन हुने सम्भावना रहेको बताए ।
नेपाली कांग्रेसको प्रदेश २ महाधिवेशनका लागि सभापती शेर बहादुर देउवा समुहका उम्मेदवार कृष्ण यावदलाई सघाउन उनी सहितका नेताहरु जनकपुरधाममा सक्रिय रहेका छन् । विमलेन्द्र निधी समुहको उम्मेदवार भने कांग्रेस संसदिय दल प्रदेश २ का नेता र प्रदेश २ सरकारका भौतीक पुर्वाधार मन्त्री राम सरोज यादव हुन ।