एसपी रिपोर्टर
जनकपुरधाम, पुष ५ : प्राचिन मिथिलाको राजधानी र संघिय प्रणालीको प्रदेश २ का समेत केन्द्र जनकपुरधाममा अहिले राम र कृष्णको चर्चा छ । कांग्रेस प्रदेश २ मा वर्तमान प्रदेश २ का संसदिय दलका नेता राम सरोज यादवलाई राम र देउवा समुहका कृष्ण प्रसाद यादवलाई कृष्णका रुपमा चर्चा गरिदै छ । उनीहरु पुष ७ गते हुने कांग्रेस प्रदेश अधिवेशनमा प्रदेश २ का सभापतीका उम्मेदवार हुन ।
प्रदेश २ का लागि राम र कृष्ण मध्ये कस्लाई रोज्ने भन्ने जिम्मा प्रदेश २ का करिव १९ सय कंग्रेसी मतदाताको हातमा जाने देखिन्छ । कुनै अप्रत्यासित उलटफेर नभए पुष सातमा निर्वाचन भई प्रदेश २ कार्यसमिति चयन हुने छ । केन्द्रिय महाधिवेशनमा निधी समुहमा खुलेका रामको पक्षमा उभिनु पार्टीका नेता विमलेन्द्र निधीको नैतिक जिम्मेवारी देखिन्छ भने देउवा समुह कृष्णको पक्षमा ।
नाम उल्लेख नगर्ने सर्तमा एक जिल्ला नेता भन्छन, ‘राम त त्यसैपनि संसदिय दलको नेता, प्रदेश २ सरकारमा दोस्रो वरियताको मालदार मन्त्रालयको मन्त्री हुनुहुन्छ, संगठनको जिम्मेवारी कृष्णले पाए राम र कृष्ण दुवैको कामले पार्टीलाई थप मजबुत बनाउन मद्दत पुग्ने छ ।’ एकै व्यक्तीलाई विभिन्न जिम्मेवारी दिदा पार्टीमा नचाहदा नचाहदै पनि अन्तर कलह यथावत रहने भएकाले पार्टी र सम्पुर्ण कांग्रेसीजनले आफुलाई जिम्मेवारी दिने कृष्णको दावी छ ।
रामको सभापतीमा दावी र जितको आधार के त ? भन्ने विषयमा बुझन सम्पर्क गर्दा उनले फोन काटनु भएकाले उनको प्रतिक्रिया पछि सम्प्रेशन गरिने छ । पुष सात गते हुने अधिवेशनका लागि निवर्तमान सभापती विमलेन्द्र निधी जनकपुरधाम आइपुगेका छन् । चुनावी रणनितीका लागि उनको जनकपुरधाम आगमणलाई महत्वपुर्ण रुपमा लिइएको छ । त्यसैगरि पार्टीका सहमहामन्त्री महेन्द्र यादव, केन्द्रिय सदस्य आनन्द प्रसाद ढुङ्गाना जनकपुरधाममै छन भने महामन्त्री गगन थापा पनि जनकपुरधाम आउने चर्चा छ ।
मंगलवार मनोनयन र बुधवार मतदान हुने कार्यतालिका रहेपनि नेताहरु सहमतीका कसरतमा लागि रहेकाले सम्भावना धेरै हुन सक्ने जानकारहरु बताउछन् ।