एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर २९ : एमाले अध्यक्षमा दोस्रो पटक नवनिर्वाचित अध्यक्ष केपि शर्मा ओलीले कांग्रेस सभापतीमा दोस्रो पटक निर्वाचित शेरबहादुर देउवालाई टेलिफोन गरि बधाई ज्ञापन गरेका छन् । देउवा निकट स्रोतका अनुसार उनीहरु बिच एक अर्कालाई बधाई ज्ञापनका साथै केहि हसी मजाक समेत भएको छ । स्रोतका अनुसार उनीहरु बिच भएको कुराकानी यस प्रकार छ
ओली – ल है धेरै धेरै बधाई छ तपाँई लार्ई प्रधानमन्त्री ज्यू
देउवा – ल धन्यवाद मैले त उल्टै फोन गरेर तपाई संग बधाई माग्ने तयारीमा थिए त
ओली – हैन अव तपाईकै कांग्रेसीजनबाट तपाईलाई पहिला बधाई मिलोस न अनि म दिन्छु भनेर आज फोन गरेको
देउवा – अव हामी सहकार्य गर्दै मिलेर जानुपर्छ
ओली –लोकतान्त्रिक आन्दोलन र संविधान निर्माणमा एमाले कांग्रेस सहयात्री भएकाले पुर्नमिलन फलदायी नै हुन्छ प्रधानमन्त्री ज्यू