एसपी रिपोर्टर
जनकपुरधाम मसिंर २९ : संघिय सरकारकी शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले संविधान निर्माण जारी संगै राजनितिक हिसावले धेरै अधिकारहरु प्राप्त भएपनि नागरिक र सरकार दुवैको जिम्मेवार भएर त्यसको प्रतिफल प्राप्तका लागि लाग्नु पर्ने बताएकी छन् । बुधवार जनकपुरधाममा निर्माण हुन लागेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला, प्रदेश मेडिकल स्टोर र कोभिड १९ विरुद्वको खोप भण्डारण गृहको शिलान्यास तथा प्रादेशिक भ्याक्सिन स्टोर भवनको समुदघाटन गर्दै मन्त्री झाँक्रीले जनताको कन्डिशन र पोजिसनमा सुधार ल्याउन सरकार र नागरिक पनि कर्तव्यनिष्ठ बन्न आवयश्क रहेको बताइन् ।
मन्त्री झाँक्रीले संघिय, प्रदेश र स्थानिय सरकार बिचको समन्वय हुन अझै कठिनाई रहेको बताइन् । तिनै तहका सरकारको नागरिक प्रतिको दायित्व उतिकै रहेको बताउदै उनले संघिय सरकारले बजेट बनाउँदा विभिन्न शिर्षकमा गर्ने भएको हुदाँ सबैको फरक फरक भार हुने गरेको बताइन् ।
मन्त्री झाँक्रीले जनकपुरधामको बस स्टेशन, महेन्द्र नारायण निधी स्मृती प्रतिष्ठानको भवनको सदुपयोग तथा क्षेत्रीय रंगशाला निर्माणका लागि आवयश्क पहलकदमी लिने बताइन् । प्रदेश २ को मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ सरकारसंग समेत बजेट र काम गर्ने क्षमता रहेपनि संघिय सरकारको समन्वय अभावका कारण काम गर्न नसकेको बताए ।
कार्यक्रममा प्रदेश २ का समाजिक विकास मन्त्री नवलकिशोर साह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सत्रुघन महतो, शहरी विकास मन्त्रालयका सचिव मनिराम गेलाल, संघिय आयोजना कार्यान्वयन इकाई धनुषाका निम्ति प्रमुख प्रदिप खनाल, मधेश स्वास्थय विज्ञान प्रतिष्ठानका उपकुलपती डा. रामकेवल साह, मुख्य न्यायधिवक्ता दिपेन्द्र झा सहितको उपस्थिती थियो । मन्त्री महतोले जनकपुरधामको फोहर व्यवस्थापन, तिर्थालुका लागि धर्मशाला, रंगभुमि मैदान, बसपार्क र रामजानकी रंगशाला सहितको निर्माणका लागि मन्त्री झाँक्रीको ध्यानाकर्षण गराएका थिए ।