एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर २८ : मिथिलाको परम्परागत एतिहाँसिक सांस्कृतीक महोत्सव विवाह पञ्चमीको नियम र विधी माथी अपशब्द प्रयोग गरेको भन्दै नेपाल सरकारका पुर्व सचिव भिम उपाध्यायलाई कारवाहीको मांग गरिएको छ । जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना हिन्दु बाहिनी युवाका प्रदेश २ अध्यक्ष राजु कुमार साहले उपाध्यायलाई कारवाही नभए चरणवद्व आन्दोलन गर्ने धर्ना सम्ममा बस्ने चेतावनी दिएका छन् ।
नेपाल वैश्य युवा संघ प्रदेश २ को अध्यक्ष समेत रहेका साहले विवाह पञ्चमी जस्तो मिथिलाञ्चलवासी र खास गरि प्राचिन मिथिलाको राजधानी जनकपुरधामवासीको संस्कृती र परम्परासंग जोडिएको विवाह पञ्चमीको मटकोर विधीमा ‘डान्सवार’को प्रयोग जस्तो अपशब्द र अभद्र शैली प्रयोग गरेपनि जनकपुरधामवासी मौन बस्नु दुःखद रहेको बताए ।
उनले आफुहरु उपाध्याय विरुद्व न्यायिक उपचार पनि खोज्ने पक्रियामा रहेको बताउदै न्यायिक र सडक आन्दोलन संगसंगै अगाडि बढाउने बताए । उपाध्यायको विषयमा विवाह पञ्चमीको आयोजक श्री जानकी मन्दिरका महन्तहरु मुख खोल्न नसक्नु बिडम्वना रहेको समेत उनको भनाई छ । साहले उपाध्यायले कम्तीमा फेसबुक मार्फत मिथिलावासी संग औपचारिक माफी माग्नु पर्ने सर्त राखेका छन् ।