एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर २५ : देशकै सबै भन्दा जेठो पार्टी नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा धनुषाबाट पनि पदाधिकारी र सदस्यमा उम्मेदवारी परेको छ । पार्टीको नेतृत्वका लागि सभापतीमा धनुषाकै बिमलेन्द्र निधीले उम्मेदवारी दिएका छन । उनी हाल पार्टीको उपसभापती पनि हुन । शनिबार दिउँसो भृकुटीमण्डपस्थित निर्वाचन समितिको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका छन् । उनको प्यानलबाट उपसभापतिमा दिव्येश्वरी शाह र महामन्त्रीमा राजाराम कार्कीले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसै गरि धनुषाबाट दुईजना फरक फरक प्यानलबाट सहमहामन्त्रीमा उम्मेदवार बनेका छन् । वर्तमान सभापती तथा प्रधानमन्त्री शेरबहादुर देउवाको प्यानलबाट धनुषाका महेन्द्र यादव सहमहामन्त्रीमा उम्मेदवार छन भने देउवा टिमकै प्रतिस्पर्धी देखिएको शेखर कोइरालाको टिमबाट धनुषाका रामकृष्ण यादव पनि उम्मेदवार भएका छन् ।
अहिले सम्मको गठबन्धन र आन्तिरिक समिकरण हेर्दा सभापतीमा निधीलाई सकसपुर्ण देखिन्छ भने सहमहामन्त्रीमा दाबेदार दुई प्यानलबाट उम्मेदवार भएकाले यादवद्वयबाट एकजना आउने सम्भावना प्रवल देखिन्छ । धनुषाका आनन्द प्रसाद ढुङ्गाना देउवाको समुहबाट प्रदेश २ बाट केन्द्रिय सदस्यमा उम्मेदवार बनेका छन् । त्यसै गरि केन्द्रिय सदस्यमा मधेशी कोटाबाट प्रथम राष्ट्रपती पुत्र धनुषाकै चन्द्रमोहन यादव उम्मेदवार बनेका छन् ।