एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर २३ : विवाहपञ्चमीको दिन बुधवार राती बैबाहिक कार्यक्रम सम्पन्न भएपछि तिर्थालुहरु धमाधम घर फर्किएका छन । यद्यपि महोत्सवको अन्तिम दिन हुने रामकलेवा विधिको पनि आफनै महत्व छ । विवाह पञ्चमीमा भारतको अयोध्याबाट भगवान श्री राम सहितका पात्रहरुसंगै आउने जन्तीका साधुसन्तहरुलाई सामुहिक भोजन खुवाउनुका साथै दक्षिणा र सम्मान सहित विदाई गर्ने विधीनै रामकलेवा हो ।
रामकलेवाको अर्को विशेषताको जन्ती भोजन गर्ने क्रममा मिथिलानी महिलाहरुले सांगितिक रुपमा गर्ने गाली र हसी ठटयौली । जन्तीका रुपमा आएका साधु देखि बेहुलाका रुपमा आएका भगवान राम सहित उनका पिता राजा दशरथ, भाईहरु लक्ष्मण, भरत र सत्रुधन सहितकालाई मिथिलानीहरु गितवद्व गाली गर्ने र हसिमजाक गर्ने दृश्य पनि रोचक हुन्छ ।
भोजन पश्चात साधुसन्तलाई दक्षिणा सहित, मिथिला परम्परा अनुसार दोसल्ला, कम्बल सहित बिदाई गरिन्छ । अयोध्याबाट आउने साधु सन्त नेपालको जनकपुरधाममा पाउने स्वागत सत्कारले गदगद देखिएका छन् । रामकलेवा संगै विवाह पञ्चमी महोत्सव सम्पन्न भएको छ ।