एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर २२ : प्राचिन मिथिलाको राजधानी जनकपुरधाममा प्रत्येक वर्ष आयोजना हुने विवाहपञ्चमी महामहोत्सव मनाइदै छ । हजारौं दर्शनार्थीहरुको सहभागितामा बा्रहबिघ्घा रंगभुमि मैदानमा भगवान रामजानकीको स्वयवंर शु–सम्पन्न भएको छ भने अवेरराती सम्म वैवाहिक कार्यक्रम हुदैछ । प्राचिन मिथिलाको राजधानी जनकपुरधाममा प्रत्येक वर्ष आयोजना हुने विवाहपञ्चमी महामहोत्सव त्रेयायुगको झल्को दिने मिथिलाको धार्मिक आयोजन हो ।
भगवान रामजानकीको विवाह भएको स्मरणमा भारतको आयोध्याबाट जन्ती आएर प्रत्येक वर्ष धुमधामका साथ विवाहपञ्चमी महोत्सव मनाउने परम्परा छ । प्रत्येक वर्ष मार्ग शुक्ल पञ्चमीका दिन मनाईने विवाह महोत्सवमा सहभागी हुन लाखौँका सँख्यामा श्रद्धालु भक्तजन जनकपुरमा आउने गर्दछन् । बुधवार एतिहाँसिक बाह्रबिघघा रंगभुमि मैदानमा रामजानकीको स्वयवंर हुँदा मैदानमा दर्शनार्थीहरुको भिडभाड देखियो ।

भगवान रामको डोलालाई जानकीको डोलाले परिक्रमा गरेपछि स्वयवंर सम्पन्न हुन्छ र त्यस पछि सम्पुर्ण डोलालाई शोभायात्राका रुपमा जनकपुरधामको नगर परिक्रमा गराइन्छ । डोला हेर्न घरघरवाट स्थानिय सडकमा निसक्ने गर्दछन् । उनीहरु हातमा फुल लिएर डोला माथी बर्साउने गर्दछ । जनकपुरधाम तथा मिथिलावासी आफनै छोरीको विवाह सरह नै गितगान र पहिरनमा स्वयवंर हेर्न बाह्रबिघघा् आउने गर्दछन् । महिलाहरु त छोरीको विवाहमा जस्तै रामजानकीको कार्यक्रममा पनि रुन्छन पनि ।

बैंडवाजा, नाचगानका साथ धुमधाम त हुने नै भयो । स्वयवंर कार्यक्रममा मन्त्री, सांसद, मेयर र प्रशासनिक निकायका प्रमुखहरुको पनि बाक्लो सहभागिता हुने गर्दछ ।

सो अवसरमा नेपाली सेनाको हेलिकप्टरले जानकी मन्दिरमा पुष्पवृष्टि थियो भने एक निजी हेलीकप्टरले समेत स्वयवंरका बेला बाह्रबिघघा रंगभु्मि मैदानमा पुष्पबृष्टि गरेको थियो ।

विवाह पञ्चमी महोत्सव मिथिलावासीका लागि शौभाग्यको आयोजन भएको जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णवको धारणा छ । स्वयंवरका लागि राम र जानकीको दर्जनौ मन्दिरहरुबाट निस्केको डोलाहरुलाई नेपाल प्रहरी, शस्त्र प्रहरीले सुरक्षा दिने गरेको छ भने नेपाली शेनाको सांस्कृतीक टोलीले शोभायात्रामा बाँजागाजा सहित अगुवाई गरेको छ । सो अवसरमा प्रदेश २ का पर्यटन मन्त्री सत्रुधन महतो, संघिय सांसद प्रमोद साह, जनकपुरधामका मेयर लालकिशोर साह, धनुषाका प्रमुख जिल्ला अधिकारी, एसपी सहितको उपस्थिती थियो ।

आज अवेर राती सम्म जानकी मन्दिरको प्राङ्गणमा मिथिलाको परम्परा र विधी अनुसार रामजानकीको विवाह हुनेछ । विवाह बिधीका लागि जानकी मन्दिरको प्राङ्गणमा भब्य विवाह मण्डप बनाइएको छ भने गंगासागरबाट मटकोर गरि ल्याएको माटोले मण्डपमा बेदी बनाई रामजानकीको विवाह विधी हुनेछ । विवाहमा नेपाल भारतका साधुसन्तहरुको बाक्लो उपस्थिती रहेको छ । सप्ताह ब्यापी महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलवारी लिला, महोत्सवको तेश्रो दिन धनुषयज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौ दिन मटकोर, छैठौ दिन शुभविवाह अर्थात विवाहपञ्चमी र सातौ दिन राम कलेवाको आयोजना गरि महोत्सवको समापन हुन्छ ।


