एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर १८ : श्री सीताराम विवाहपञ्चमी महामहोत्सवको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत दोस्रो दिन शनिवार फूलवारी लिला कार्यक्रम भएको छ । भगवान राम र सीतालाई एकान्तमा भेटघाट गराउने कार्यक्रमलाई फूलबारी लिला भनिन्छ ।
राम र सीताबीच पहिलो पटक फूलबारीमा भेटघाट भएको पौराणिक कथाको आधारमा फूलवारी लिला कार्यक्रम गर्ने परम्परा छ ।

महामहोत्सव अन्तर्गत तेस्रो दिन अर्थात आइतवार धनुषयज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौं दिन मटकोर, छैठौं दिन शुभविवाह अर्थात विवाहपञ्चमी र सातौं दिन राम कलेवाको आयोजना संगै विवाहपञ्चमी महामहोत्सव सम्पन्न हुने छ ।


