एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर १६ : नेपाली कांग्रेसका उपसभापती विमलेन्द्र निधीले नेपाली कांग्रेस प्रदेश २ मा नजिते देशमा पनि जित्न नसक्ने बताएका छन् । पार्टीको सभापतीमा उम्मेदवारी समेत दिएका निधिले वडा देखि संसदीय निर्वाचन सम्म नेपाली कांग्रेस सवै तह तप्कामा एक्लै चुनाव लडेर जित्नु पर्ने सुनौलो अवसर आएको भन्दै त्यसको सदुपयोग गर्नुपर्ने बताएका छन् ।
कोरोनाबाट बच्ने र बचाउने, १४ औं महाधिवेशन एकताको सन्देश दिदै सफल बनाउने र अगामि निर्वाचनमा पार्टीलाई तिनै तहमा जिताउने यि तिन मुख्य कामका लागि तयार रहन समेत उनले सवै नेता कार्यक्रताहरुलाई आग्रह गरेका छन् ।
प्रदेश २ अधिवेशन संयोजक तथा केन्द्रिय सदस्य रमेश रिजालको अध्यक्षतामा विहिवार समुदघाटन सत्र सम्पन्न गरेको कांग्रेस प्रदेश २ को पहिलो अधिवेशनको बन्दसत्र शुक्रवार विहानै गोपाल धर्मशालामा सुरु हुने संयोजक रिजालले बताए । समुदघाटन कार्यक्रमलाई पार्टी सभापती तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुवल माध्यमबाट समुदघाटन गरेका छन् ।
पार्टीको प्रदेश २ अध्यक्षमा वर्तमान प्रदेश २ का संसदीय दलका नेता तथा प्रदेश सरकारका मन्त्री राम सरोज यादव र सप्तरी सभापती दिनेश यादव निधि समुहबाट र रौतहट सभापती कृष्णा यादव संस्थापन पक्षबाट उम्मेदवार बन्ने चर्चा छ भने महोतरी सभापती महेन्द्र राय यादव पनि उम्मेदवारी दिन लागेका छन् ।
उदघाटन कार्यक्रममा पार्टीकी कोषाध्यक्ष सिता देवी यादव, केन्द्रिय सदस्यहरु चित्रलेखा यादव, आनन्द प्रसाद ढुङ्गाना, महेन्द्र यादव, किरण यादव, रामकृष्ण यादव सहितकाले समारोहलाई सम्बोधन गरेका थिए । पौडेल पक्षको उम्मेदवार भने खुल्न वाँकी छ । उपसभापतीमा निधी समुहका प्रफुल्ल राज घिमिरे उम्मेदवारी घोषणा गरेका हुन ।