एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर १३ : प्राचिनकालमा रामजानकीको विवाह भएकाले जनकपुरधामलाई शुभ बैबाहिक गनतब्य बनाउन यस वर्ष पनि ५१ जोडी युवा युवतीहरुको सामुहिक विवाह आयोजना हुने भएको छ । बिश्व हिन्दु परिषद नेपालको आयोजनामा जनकपुरधाममा प्रत्येक वर्ष हुने बिबाह पञ्चमी महामहोत्सवको भोली पल्ट मसिंर २३ गते एतिहाँसिक जानकी मन्दिर प्राङ्गणमा ५१ जोडी युवायुवतीको एकौसाथ विवाह हुने परिषदले जनाएको छ ।
परिषदका केन्द्रिय महासचिव जितेन्द्र सिंहले दुनियामा सबै भन्दा शुभ र उतम विवाह स्थल जनकपुरधाम रहेको दर्शाउन र बैबाहिक गनतब्यका रुपमा प्रचार गर्न परिषदले अभियान स्वरुप कार्यक्रम ल्याएको बताएका छन् । विवाहमा बेहुलीलाई कपडा सेट, किचेन सेट, बेडसेट र सुनको मंगल सुत्र तथा बेहुलालाई कपडा सेट सहितका सरसमानहरु समेत उपलब्ध गराईने आयोजनका संयोजक तथा परिषद धनुषाका अध्यक्ष संतोष कुमार साहले बताए ।
सामुहिक विवाह समारोहमा सबै जातजातीका युवायुवतीको एकैसाथ सहभागिता रहने भएकाले यस्ता कार्यक्रमले हिन्दु धर्ममा कुनै पक्षपात नरहेको प्रमाणीत हुने र तराई मधेशको रोग मानिने दाइजो प्रथाको समेत न्युनीकरण हुने लक्ष्य लिइएको छ । प्रत्येक एक जोडीमा ५१ हजार खर्च हुने, बेहुला र बेहुली पक्षका २५÷२५ जनाको खाना र बस्ने सुविधाको व्यवस्था देखि सवैको सहभागितामा ५१ जोडी बेहुला बेहुलीलाई बाजागाजा धुमधाम सहित जनकपुरधामको नगरपरिक्रमा गराइने छ ।
कार्यक्रममा परिषदका ट्रस्टी ओम प्रकाश सर्राफ, परिषदकै सदस्यहरु प्रभु दयाल जलान, धनुषधारी पाण्डे, बैद्यनाथ साह, युवा धनुषा अध्यक्ष मोहन कुमार साह, उपाध्यक्ष बिरेन्द्र साह, जितनारायण भगत, रघुनाथ महतो, अमन गुप्ता सहितको उपस्थिती थियो ।