एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर ११ : धार्मिक नगरी जनकपुरलाई नरकपुर बनाएको भन्दै मेयर विरुद्व प्रदर्शन गर्न जनकपुरधामका जनप्रतिनिधीहरु काठमाण्डौं तर्फ लागेका छन् । जनकपुरधामको फोहर व्यवस्थापन हुन नसक्दा जनप्रतिनिधीहरु दुव्र्यवहारको सिकार हुन परिरहकेको भन्दै जनकपुरधामका केहि वडा अध्यक्षहरु केन्द्रिय सरकार गुहार्न काठमाण्डौं तर्फ लागेका छन् ।
जनकपुरधाम वडा नं. ९ का वडा अध्यक्ष परमेश्वर साहले मेयर लालकिशोर साह तानाशाह भएको भन्दै केहि शिप नलागेपछि केन्द्रिय सरकार गुर्हान जानपरेको बताएका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ र ७ का वडा अध्यक्षद्वय सत्रुधन साह र जानकी राम साहले पनि मेयरको एकलौटी र भ्रष्टचारी प्रवृतीका कारण आफुहरु जनप्रतिनिधी भएर पनि केहि गर्न नसकेको र जनताको गाली सुन्न परिरहेको बताउछन् ।

जनकपुरधाममा फोहर व्यवस्थापन हुन नसकेपछि वडावासीहरु जनप्रतिनिधीहरु माथी खनिन थालेको र मेयरलाई भन्दा कुनै चासो नदिएपछि वडा अध्यक्ष तथा सदस्यहरु मेयर विरुद्व माइतीघर मण्डलामा प्रदर्शन गर्न भन्दै काठमाण्डौं तर्फ लागेका छन् ।