निरञ्जन साह
जनकपुरधाम, मसिंर ३ : नेपाल र भारतको सम्बन्ध कसैले तोडन नसक्ने छिमेकी राष्ट्र भारतका साहु सामाजका राष्ट्रिय कार्यवाहक अध्यक्ष अरबिन्द गान्धीले बताएका छन् । जनकपुरधाम धार्मिक भ्रमणमा आएका उनको शुक्रबार जनकपुरधाममा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै गान्धीले भारत र नेपालको प्राचीन कालदेखिको सम्बन्ध कुनै पनि राजनितिक दाउपेचले नटुटने बताएका छन् ।
गान्धीले समाजिक, सांस्कृतीक, धार्मिक, राजनीति र सुरक्षाको दृष्टिकोणले समेत भारत र नेपालको सम्बन्ध बलियो रहेको बताए । लोकतान्त्रिक समाजवादी पार्टी सहकारी बिभागका राष्ट्रिय प्रमुख संजय साहले गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै गान्धीले भारतको प्रधानमन्त्री नरेन्द्र मोदी र उतर प्रदेशका मुख्यमन्त्री योगि आदित्यनाथको जनकपुरधाम आगमन पछि जनकपुरधाममा पर्यटनको विकास भएको आफुहरुको समेत अनुमान रहेको बताए ।
गान्धीले भारत सरकारले उतरप्रदेशको अयोध्यामा राम मन्दिरको निर्माण गरेर महत्वपुर्ण काम गरेको बताउदै अब जानकीको नगरी जनकपुरधामलाई अयोध्याधामसंग जोडेर धार्मिक रुपमा दुबै शहरको विकास गर्नुपर्ने बताएका छन् । दुवै शहरलाई एतिहाँसिकताको हिसावले विकास र प्रचार गर्न सकिए दुबै शहर पर्यटनको हब हुन सक्ने बताए । जनकपुरधामको विकासका लागि जनकपुरधामका स्थानिय समेत जागरुक भएर लाग्नु पर्ने उनको तर्क छ ।
त्यस्तै स्वागत तथा सम्मान कार्यक्रममा प्रदेश नम्बर २ का प्रदेश सांसद परमेश्वर साहले नेपाल र भारतको सम्बन्ध सदियौं देखीको रहेको बताउदै कसैले चाहदैमा केहि नबिगर्ने बताए । सरकारी हिसाबले मात्र भारत र नेपाल अलग रहेको उनको भनाई थियो । कार्यक्रममा वैश्य युवा संघका प्रदेश नम्बर २ अध्यक्ष राजु साह, लोसपा नेता रामचन्द्र पजियार सहितको उपस्थिति थियो ।