एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर २ : धनुषाको तिनकौरियामा तिर्थालु चढेको ट्रयाक्टर दुर्घटनामा पर्दा २ जना भारतिय नागरिकको ज्यान गएको छ भने १८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसार कार्तिक पुर्णिमामा कमला स्नानका लागि जादै गरेको ट्रयाक्टरमा सवार भारत सितामढी बेला थाना इकरहिया अम्बिका देवी र राम दयाल यादवको निधन भएको हो ।

उपचारका लागि जनकपुरधाम प्रादेशिक अस्पताल पुरयाइएका उनीहरुको मृत्यु भएको अस्पतालले जनाएको छ । घाइतेहरुको पनि उपचार जारी छ । ट्रयाक्टरमा सवार मध्ये चार जना वाहेक सवै घाइते भएको र घाइते मध्ये अधिकांशको अवस्था गम्भिर नै रहेको घाइते मध्येका विश्नुदेव महतो तथा प्रहरीको भनाई छ । भोली शुक्रवार कमला नदीमा स्नान तथा भगतयका लागि लाखौ लाखको भिडभाड लाग्ने भएकाले कमला पुग्ने हुलाकी सडकहरुमा सवारी साधनको चाँप बढदो छ ।