एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर २ : शुक्रवार धनुषा र सिरहा जिल्ला जोडने एतिहाँसिक कमला नदीमा लाग्ने भुत मेलाको तयारी तिव्र छ । धामीझाँख्री सहित भगता भक्तहरुको हुलैहुलले कार्तिक पुर्णिमाका दिन कमला नदी भरिभराउ हुन्छ । सो दिन कमला नदीमा स्नान पनि विशेष मानिने भएका हुनाले कमला स्नान गर्नेहरुको पनि घुइचो लाग्ने गर्दछ ।
कमलाको विभिन्न घाटहरु जस्तै सवैला नगरपालिकामा पर्ने एतिहाँसिक सिता घाटमा पनि तयारी भइरहेको छ । स्थानिय साधु विर बाबाका अनुसार दशकौं दशक देखि सिता घाटमा पनि श्रद्धालु तथा दर्शनालुहरुको भिडभाड लाग्ने गर्दछ । यस घाटमा स्वयम भगवान सिताराम समेत आएर स्नान गरेकाले सीता घाट भनिएको साधुहरु बताउछन् । सिता घाट अवस्थित तत्कालिन रघुनाथपुर गाँउको नाम समेत भगवान सितारामकै आगमणका कारण रघुनाथपुर राखिएको हो ।
यसका साथै कमलाको धनुषा तर्फको रामघाट, मुरिबा घाट, चिकना भोकराहा घाट, इनर्वा घाट सहितका विभिन्न घाटका साथै सिरहा तर्फको समेत विभिन्न घाटहरु गरि शुक्रवार लाखौं लाखको उपस्थिती पवित्र र एतिहाँसिक कमला नदीमा रहनेछ ।
धामी झाँक्री, भगता र भगतहरु भने आजै कमला नदी पुगेर रात्री विश्राम गर्ने छ भने कतिपय एकाविहानै भगता खेल्दै भगतय गाउँदै नदी पुग्ने छ । सो दिनका लागि विगत करिव एक महिना देखि नेपाल भारत विभिन्न स्थानका साधुसन्तहरु कमला नदीको घाटहरुमा आश्रम बनाएर बसिरहेका छन् ।