एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक २९ : सबैलमा विगत ५७ दिन देखि निरन्तर जारी रिले अनसन सोमवार तोडिएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाको पहलमा सबैला नगरपालिकाले अनसनकारीको मांगहरु सम्बोधन गर्ने प्रतिवद्वता जाहेर गरेपछि अनसन तोडिएको हो ।
भ्रष्टाचार विरुद्व संर्घष समिति सबैलाका संयोजक सुरेश यादवले मांगहरु सम्बोधन हुने प्रतिवद्वता जाहेर भएपनि आफुहरुलाई नगरपालिकाबाट उपलब्ध हुने मांग अनुसारको सुचनामा लापरवाही भए अभियान जारी रहने बताए । सहमती पत्रमा उल्लेख बुँदा अनुसार अनसनकारीहरुले आफना प्रारम्भिक मांग मात्र नभई अन्य धेरै थप मांगहरु समेत सम्बोधन गराउन सफल भएको देखिन्छ ।

आफुहरुले मागेको सुचना पाउनु पर्ने र भ्रष्टचार भए नभएको अनुसन्धान अख्तियारले गर्नुपर्ने मांग सहित अनसन सुरु गरेका उनीहरु अनसनको ५५ औं दिन शिक्षक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको तलव, विद्यालयको सुधार भइरहेको रहेको विद्यार्थीको आन्दोलनको सम्बोधन र नगरपालिकामा शुशासनका लागि सार्वजानिक सुनुवाई कार्यक्रम समेत नगरपालिकाले गर्नुपर्ने सम्मको मांग सम्बोधन गरिएको छ ।
अनसनकारीहरु ३० गते देखि आमरण अनसनको चेतावनी सहित ज्ञापन पत्र बुझाएपछि धनुषाका सिडिओ र प्रशासन सक्रिय भएका थिए । कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी बास्तोला, धनुषाका प्रहरी प्रमुख, नगरपालिका प्रमुख सहितको उपस्थिती थियो ।