एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक २७ : जिल्ला प्रशासन कार्यालय धनुषाले धनुषाको केहि सिमित क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख सिडिओ बन्धु प्रसाद वास्तोलाद्वारा जारी निषेधाज्ञा पत्रमा केहि उछृङ्गल समुहले जनकपुरधाम उमहानगरपालिकाको वडा नं. २० देवपुरा रुपैठामा समप्रादायिकता भडकाउने किशिमको गतिविधी र हो–हल्ला गर्न थालेको भन्दै धनुषाको देवपुरा रुपैठा पर्ने सिमित क्षेत्रमा प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
छठपुजा गर्न मुस्लिम समुदायका केहि व्यक्तिहरुले अवरोध गरेपछि विगत तिन चार दिन देखि त्यहाँ दुई समुह बिच नारावाजी र घम्साघम्सी भइरहेको अवस्थामा आज तनावको स्थिती देखेपछि प्रहरीले २७ शेल आश्रु ग्यास प्रहार गर्नुका साथै तिन राउन्ड हवाय फायर समेत गरेको छ । सो क्रममा एकजना नेपाल प्रहरी र दुईजना सशस्त्र प्रहरी घाइते । हिन्दुवादी समुहहरु नारावाजी गर्दै जनकपुरधामबाट रुपैठा तर्फ जान चाहेपनि प्रहरीले उनीहरुलाई घेराबन्दी गरि जनकपुरधाममै रोकेको छ ।
हेर्नोस धनुषा प्रशासनको निषेधाज्ञा जारी गरिएको पत्र