एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक २३ : जनकपुरधाम उद्योग बाणिज्य संघले नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँडलाई ज्ञापन पत्र बुझाउदै विभिन्न समस्याहरुको ध्यानाकर्षण गराएका छन् । संघका अध्यक्ष जितेन्द्र महासेठ अगुवाईको व्यापारीहरुको टोलीले गृहमन्त्री खाँडलाई ज्ञापन पत्र बुझाएका हुन ।
राजश्व तिरेर ल्याउदै गरेको सरसमानहरु गनतब्य नपुग्दै पक्राउ गरि विभिन्न जालझेल हुनु, भिसिटिएस र भ्याट प्यान बिल सहितको सरसमानहरु प्रहरीले पक्राउ गर्नु, जबरजस्ती समान पक्राउ गरि व्यापारी उपर नियोजित रुपमा झुठा मुद्दा चलाउनु सहितका विभिन्न छ सुत्रिय मांगहरु राख्दै उनीहरुले ज्ञापन पत्र बुझाएका हुन ।
सो अवसरमा संघका वरिष्ठ उपाध्यक्ष मनिष रमण साह, महासचिव मनोज कुमार साह, पुर्व अध्यक्ष निर्मल चौधरी सहितको उपस्थिती थियो ।
ह्ेर्नोस व्यवसायीहरुको ज्ञापन पत्र