एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक २२ : जनकपुरधाम उपमहानगरपालिकाका केहि वडा अध्यक्षहरु वडाका ब्रतालुहरुलाई छठपुजाको समाग्री तथा साडी वितरण गर्न थालेकै बेला हँसपुर नगरपालिकाले पालिका स्तरमै गरिव विपन्नहरुलाई छठपुजाको सरसमानहरु वितरण गरेको छ ।
नगरकार्यपालिकाको कार्यालयमै एक समारोहको आयोजना गरि नगरपालिकाले वडा नं. १ देखि ९ सम्मका सम्पुर्ण वडामा छठपुजा मनाउनमा समस्या हुने गरिव, विपन्न तथा अभाव भएका जो कोहिलाई पनि छठपुजाका सरसमान वितरण गरेको छ ।
मेयर रामज्ञान मण्डलले सोमवार एक समारोहका बिच १ सय ६० व्यक्तिलाई साडी, साया, बलाउज सहितका वस्त्र र छठपुजाका सरसमानहरु वितरण गरेका छन भने वडामा मांग अनुसार वाँकी रहेकाहरुलाई वडा अध्यक्षहरुको माध्यमबाट मंगलवार वितरण गरिने जनाइएको छ ।
पालिकाका गरिव विपन्नहरु पालिकाको सो कार्यको सराहना गरेका छन् । मेयर मण्डलले भने, ‘सबै भन्दा नजिकको सरकार स्थानिय सरकारले नाताले छठपुजा मनाउन कसैलाई कुनै समस्याले नरोकोस भन्ने उद्देश्यले अभाव भएकालाई सहयोग गरेका हौं ।’